Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सेती अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार

सेती अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार

धनगढी- सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार थालिने भएको छ। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धनात्मक उपचार सुरु गरिने भएको हो।

कोरोना भाईरसका गम्भिर बिरामी देखिए उक्त विधिबाट उपचार गरिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। 

‘गम्भीर किसिमको कोरोना संक्रमण देखिए प्लाज्मा थेरापी विधिबाट उपचार गर्नका लागि सेती प्रादेशिक अस्पताल तयार भएको छ,’ उनले भने, ‘त्यस्का लागि कोरोना लागेर निको भएका विरामीले रगत दिनुपर्छ। हामीले संक्रमण मुक्त भएकालाई रक्तदानका लागि आग्रह गरेका छौ।’ 

प्लाज्मा थेरीपी गर्न कोरोना संक्रमणबाट निको भएका व्यक्तिको रगत आवश्यक पर्दछ । कोरोना निको भएका व्यक्तिको शरीरमा भाइरससँग लड्न एन्टिबडी उत्पादन भएको हुनाले प्लाज्मा छुट्याएर संक्रमित बिरामीलाई प्लाज्मा चढाउने गरिएको छ। 

संक्रमित भएर निको भएका व्यक्तिको शरिरमा बनेको एन्टिबडी संक्रमित व्यक्तिलाई प्लाज्मा चढाउँदा कोरोना भाइरसलाई मार्ने र संक्रमित व्यक्ति निको हुने चिकित्सकहरुले बताएका छन्। कोरोना जितेर घर फर्कएकालाई आफ्नो प्लाज्मा दान गरी अन्य बिरामीको जीवन रक्षा गर्न सेती अस्पतालले आग्रह गरेको छ। 

कोरोना भाइरस संक्रमित जसको रोग प्रतिरोधात्मक क्षमता कम छ त्यस्ता बिरामीलाई प्लाज्मा थेरापी गर्दा निको पार्न सहज हुने दावी गरिएको छ। दिनेश खबर

प्रतिक्रिया