Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २२ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण

साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण

अछाम, साँफेबगर । साँफेबगर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक सत्र २०८१/०८२ को आधारभूत तह कक्षा ८ को परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयका उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मानसहित प्रमाणपत्र तथा शैक्षिक सामग्री वितरण गरिएको थियो। 

नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्दै प्रतिभावान विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। कार्यक्रममा शिक्षक, अभिभावक, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले “मेहनतलाई सम्मान र प्रतिभालाई प्रोत्साहन” गर्ने अभियानलाई सशक्त बनाउँदै गुणस्तरीय शिक्षा विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

साँफेबगर नगरपालिकाले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले शिक्षा नै समाज र राष्ट्र विकासको प्रमुख आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई प्रोत्साहन गर्नु भनेको भविष्यलाई मजबुत बनाउनु भएको बताउनुभयो। उहाँले विद्यार्थीको सफलता व्यक्तिगत उपलब्धि मात्र नभई परिवार, विद्यालय र समग्र समाजको गौरवको विषय भएको उल्लेख गर्नुभयो।

नगर प्रमुख कुँवरले भन्नुभयो, “आज सम्मानित भएका विद्यार्थीहरूले हासिल गरेको उपलब्धिले अन्य विद्यार्थीलाई पनि मेहनत र लगनशीलताप्रति प्रेरित गर्नेछ। प्रतिभालाई पहिचान गरी उचित सम्मान र प्रोत्साहन दिनु स्थानीय सरकारको दायित्व हो। शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार ल्याउन नगरपालिकाले विभिन्न योजनाहरू सञ्चालन गरिरहेको छ र आगामी दिनमा पनि अझ प्रभावकारी कार्यक्रमहरू अघि बढाइनेछ।”

उहाँले विद्यार्थीहरूलाई निरन्तर अध्ययन, अनुशासन र सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्दै भविष्यमा देशका सक्षम जनशक्ति बन्न प्रेरित गर्नुभयो। साथै नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि, दक्ष जनशक्ति उत्पादन तथा विद्यार्थीमैत्री वातावरण निर्माणका लागि निरन्तर काम गरिरहेको र यस्ता प्रोत्साहनमूलक कार्यक्रमहरू आगामी दिनमा अझ विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया