ताजा अपडेट
गौरीफन्टा र गड्डाचौकी नाकाबाट भित्रिने भन्दा बाहिरिनेको संख्या बढि
धनगढी– सुदूरपश्चिमका दुई प्रमुख नाकाबाट स्वदेश फर्किनको संख्या भन्दा भारत जानेको संख्या बढ्न थालेको छ। पछिल्लो केही दिनयता गौरीफन्टा र गड्डाचौकी नाकाबाट नेपाल भित्रिने भन्दा भारत जानेको संख्या बढ्न थालेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीले सोमवार दुवै नाकाबाट एक सय ३८ जना नेपाल भित्रिएको र दुई सय ४७ जना भारत गएको जानकारी दिए।
उनका अनुसार सोमवार गौरीफन्टा नाकाबाट एक सय २१ जना भित्रिएका छन् भने दुई सय ८ जना बाहिरिएका छन्।
यस्तै कञ्चनपुरको गड्डाचौकी नाकाबाट १७ जना नेपाल भित्रिएका छन् भने ३९ जना भारत गएका छन्। आईतवार गड्डाचौकी र गौरीफन्टा नाकाबाट ९४ जना नेपाल भित्रिएका थिए।
गौरीफन्टा नाकाबाट ६८ जना र गड्डाचौकीबाट २६ जना गरी ९४ जना स्वदेश फर्किएका थिए। दिनेश खबर
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया