ताजा अपडेट
गौरीफन्टा र गड्डाचौकी नाकाबाट भित्रिने भन्दा बाहिरिनेको संख्या बढि
धनगढी– सुदूरपश्चिमका दुई प्रमुख नाकाबाट स्वदेश फर्किनको संख्या भन्दा भारत जानेको संख्या बढ्न थालेको छ। पछिल्लो केही दिनयता गौरीफन्टा र गड्डाचौकी नाकाबाट नेपाल भित्रिने भन्दा भारत जानेको संख्या बढ्न थालेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीले सोमवार दुवै नाकाबाट एक सय ३८ जना नेपाल भित्रिएको र दुई सय ४७ जना भारत गएको जानकारी दिए।
उनका अनुसार सोमवार गौरीफन्टा नाकाबाट एक सय २१ जना भित्रिएका छन् भने दुई सय ८ जना बाहिरिएका छन्।
यस्तै कञ्चनपुरको गड्डाचौकी नाकाबाट १७ जना नेपाल भित्रिएका छन् भने ३९ जना भारत गएका छन्। आईतवार गड्डाचौकी र गौरीफन्टा नाकाबाट ९४ जना नेपाल भित्रिएका थिए।
गौरीफन्टा नाकाबाट ६८ जना र गड्डाचौकीबाट २६ जना गरी ९४ जना स्वदेश फर्किएका थिए। दिनेश खबर
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया