Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

भरतपुर अस्पतालमा सोमबार मृत्यु भएका तीन जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर अस्पतालमा सोमबार मृत्यु भएका तीन जनामा कोरोना संक्रमण पुष्टि

चितवन — उपचारका लागि अस्पताल पुगेर सोमबार मृत्यु भएका चितवनका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती, ६५ वर्षीय पुरुष र खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको उपचारका क्रममा सोमबार भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

उनीहरुको स्वाब संलकन गरेर परीक्षणका लागि पठाएकोमा सोमबार राति नतिजा आउँदा संक्रमण पुष्टि भएको हो ।भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा आकस्मिक कक्ष इन्चार्ज डा.जगन्नाथ तिवारीका अनुसार सोमबार दिउँसो एक बजेदेखि साढे तीन बजेको बीचमा उनीहरु तीन जनाको भरतपुर अस्पतालको आकस्मिक कक्षमा नै निधन भएको हो । ‘अस्पतालको आकस्मिक कक्षमा नै उहाँहरु तीन जनाको निधन भयो,’ डा.तिवारीले भने । अवस्था चिन्ताजनक रहेको र अन्य अस्पतालमा शय्या र आईसीयू नभएपछि उनीहरुलाई भरतपुर अस्पताल लगेको मृतकका आफन्तहरुको भनाई छ ।

मृतक सबैमा पहिलेदेखि नै श्वासप्रश्वासको समस्या रहेको पनि परिवारलाई उद्धृत गर्दै अस्पतालले जनाएको छ ।

भरतपुर–११ का पुरुषमा रक्तअल्पताको समस्या रहेको डा.तिवारीले बताए । १८ वर्षीया युवतीको स्वाब संकलन गरेको लगभग डेढ घण्टापछि निधन भएको उनले बताए । अरु दुई जनाको मृत्युपछि नै स्वाब संकलन भएको हो । ‘कोभिडको लक्षणसहित निधन भएका कारण स्वाब संकलन गरेर द्रुत तरिकाले नतिजा निकालेको हो । उहाँहरुमा संक्रमण पुष्टि भयो,’ डा.तिवारीले भने ।

मृतक सबैमा पहिलेदेखि नै श्वासप्रश्वासको समस्या रहेको पनि परिवारलाई उद्धृत गर्दै अस्पतालले जनाएको छ ।

भरतपुर–११ का पुरुषमा रक्तअल्पताको समस्या रहेको डा.तिवारीले बताए । १८ वर्षीया युवतीको स्वाब संकलन गरेको लगभग डेढ घण्टापछि निधन भएको उनले बताए । अरु दुई जनाको मृत्युपछि नै स्वाब संकलन भएको हो । ‘कोभिडको लक्षणसहित निधन भएका कारण स्वाब संकलन गरेर द्रुत तरिकाले नतिजा निकालेको हो । उहाँहरुमा संक्रमण पुष्टि भयो,’ डा.तिवारीले भने ।

योसहित चितवनमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १६ पुगेको छ । चितवनका मात्रै नौ जना संक्रमितको निधन भएको छ । अरु भने अन्य जिल्लाका हुन् । सोमबार दिउँसोसम्म चितवनमा कुल संक्रमितको संख्या ७०१ पुगेको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ ।कान्तिपुर

प्रतिक्रिया