Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भरतपुर अस्पतालमा सोमबार मृत्यु भएका तीन जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर अस्पतालमा सोमबार मृत्यु भएका तीन जनामा कोरोना संक्रमण पुष्टि

चितवन — उपचारका लागि अस्पताल पुगेर सोमबार मृत्यु भएका चितवनका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती, ६५ वर्षीय पुरुष र खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको उपचारका क्रममा सोमबार भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

उनीहरुको स्वाब संलकन गरेर परीक्षणका लागि पठाएकोमा सोमबार राति नतिजा आउँदा संक्रमण पुष्टि भएको हो ।भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा आकस्मिक कक्ष इन्चार्ज डा.जगन्नाथ तिवारीका अनुसार सोमबार दिउँसो एक बजेदेखि साढे तीन बजेको बीचमा उनीहरु तीन जनाको भरतपुर अस्पतालको आकस्मिक कक्षमा नै निधन भएको हो । ‘अस्पतालको आकस्मिक कक्षमा नै उहाँहरु तीन जनाको निधन भयो,’ डा.तिवारीले भने । अवस्था चिन्ताजनक रहेको र अन्य अस्पतालमा शय्या र आईसीयू नभएपछि उनीहरुलाई भरतपुर अस्पताल लगेको मृतकका आफन्तहरुको भनाई छ ।

मृतक सबैमा पहिलेदेखि नै श्वासप्रश्वासको समस्या रहेको पनि परिवारलाई उद्धृत गर्दै अस्पतालले जनाएको छ ।

भरतपुर–११ का पुरुषमा रक्तअल्पताको समस्या रहेको डा.तिवारीले बताए । १८ वर्षीया युवतीको स्वाब संकलन गरेको लगभग डेढ घण्टापछि निधन भएको उनले बताए । अरु दुई जनाको मृत्युपछि नै स्वाब संकलन भएको हो । ‘कोभिडको लक्षणसहित निधन भएका कारण स्वाब संकलन गरेर द्रुत तरिकाले नतिजा निकालेको हो । उहाँहरुमा संक्रमण पुष्टि भयो,’ डा.तिवारीले भने ।

मृतक सबैमा पहिलेदेखि नै श्वासप्रश्वासको समस्या रहेको पनि परिवारलाई उद्धृत गर्दै अस्पतालले जनाएको छ ।

भरतपुर–११ का पुरुषमा रक्तअल्पताको समस्या रहेको डा.तिवारीले बताए । १८ वर्षीया युवतीको स्वाब संकलन गरेको लगभग डेढ घण्टापछि निधन भएको उनले बताए । अरु दुई जनाको मृत्युपछि नै स्वाब संकलन भएको हो । ‘कोभिडको लक्षणसहित निधन भएका कारण स्वाब संकलन गरेर द्रुत तरिकाले नतिजा निकालेको हो । उहाँहरुमा संक्रमण पुष्टि भयो,’ डा.तिवारीले भने ।

योसहित चितवनमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १६ पुगेको छ । चितवनका मात्रै नौ जना संक्रमितको निधन भएको छ । अरु भने अन्य जिल्लाका हुन् । सोमबार दिउँसोसम्म चितवनमा कुल संक्रमितको संख्या ७०१ पुगेको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ ।कान्तिपुर

प्रतिक्रिया