Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सुदूरपश्चिममा ७८९ 'एक्टिभ केस', ९२ जना मात्रै अस्पतालको आइसोलेसनमा

सुदूरपश्चिममा ७८९ 'एक्टिभ केस', ९२ जना मात्रै अस्पतालको आइसोलेसनमा

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या सात सय ८९ पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले सोमवार सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशमा संक्रिय कोरोना संक्रमितको संख्या सात सय ८९ रहेको हो।

निर्देशनालयका अनुसार सबैभन्दा बढि कैलालीमा तीन सय ७१ जना संक्रिय संक्रमित अर्थात एक्टिभ केस रहेका छन्। डोटीमा एक सय सात, अछाममा ९०, बझाङमा ८८ र कञ्चनपुरमा ५४ जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ।

यस्तै बैतडीमा ४७, डडेल्धुरामा १७, बाजुरामा ८ र दार्चुलामा सात जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ। संक्रिय संक्रमित मध्ये ९२ जनाको विभिन्न अस्पतालको आईसोलेसनमा उपचार भईरहेको निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालमा २९, टीकापुर अस्पतालमा २८, महाकाली अस्पतालमा २१, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा दुई÷दुई जना संक्रिय संक्रमितको उपचार भईरहेको निर्देशनालयले जनाएको छ।

कैलालीका ९५, अछामका १५, डडेल्धुराका ११ र डोटीका नौँ गरी एक सय ३३ जना संक्रमित भने आफ्नै घरमा रहेका छन्। अन्य संक्रमितलाई स्थानीय तहले बनाएको आईसोलेसनमा राखिएको छ। 

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाका चार हजार नौ सय ७९ जनाले कोरोना जितेका छन्। अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ३८ जना निको भएर घर फर्किएका छन्।

यस्तै डोटीका आँठ सय १६, अछामका पनि आँठ सय १३, कञ्चनपुरका ६ सय २८ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २२, डडेल्धुराका दुई सय ९९, बझाङका दुई सय ८० जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन्। दिनेश खबर

प्रतिक्रिया