Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिममा ७८९ 'एक्टिभ केस', ९२ जना मात्रै अस्पतालको आइसोलेसनमा

सुदूरपश्चिममा ७८९ 'एक्टिभ केस', ९२ जना मात्रै अस्पतालको आइसोलेसनमा

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या सात सय ८९ पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले सोमवार सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशमा संक्रिय कोरोना संक्रमितको संख्या सात सय ८९ रहेको हो।

निर्देशनालयका अनुसार सबैभन्दा बढि कैलालीमा तीन सय ७१ जना संक्रिय संक्रमित अर्थात एक्टिभ केस रहेका छन्। डोटीमा एक सय सात, अछाममा ९०, बझाङमा ८८ र कञ्चनपुरमा ५४ जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ।

यस्तै बैतडीमा ४७, डडेल्धुरामा १७, बाजुरामा ८ र दार्चुलामा सात जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ। संक्रिय संक्रमित मध्ये ९२ जनाको विभिन्न अस्पतालको आईसोलेसनमा उपचार भईरहेको निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालमा २९, टीकापुर अस्पतालमा २८, महाकाली अस्पतालमा २१, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा दुई÷दुई जना संक्रिय संक्रमितको उपचार भईरहेको निर्देशनालयले जनाएको छ।

कैलालीका ९५, अछामका १५, डडेल्धुराका ११ र डोटीका नौँ गरी एक सय ३३ जना संक्रमित भने आफ्नै घरमा रहेका छन्। अन्य संक्रमितलाई स्थानीय तहले बनाएको आईसोलेसनमा राखिएको छ। 

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाका चार हजार नौ सय ७९ जनाले कोरोना जितेका छन्। अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ३८ जना निको भएर घर फर्किएका छन्।

यस्तै डोटीका आँठ सय १६, अछामका पनि आँठ सय १३, कञ्चनपुरका ६ सय २८ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २२, डडेल्धुराका दुई सय ९९, बझाङका दुई सय ८० जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन्। दिनेश खबर

प्रतिक्रिया