Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिमका थप ५६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिमका थप ५६ जनामा कोरोना पुष्टि

धनगढीः  सुदूरपश्चिमका थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ५६ कोरोना पुष्टि भएको छ।

डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा ५ सय ३५ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बझाङका ३८ जना, बैतडीका ११ जना, अछामका ५ जना र डडेल्धुराका २ जनामा संक्रमण पुष्टि भएको बताए।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बझाङको केदास्यूँ गाउँपालिकाका १६ जना, बुङ्गल नगरपालिकाका १४ जना, थलारा गाउँपालिकाका ४ जना, छब्बिसपाथिभारा गाउँपालिकाका २ जना र बित्थडचिर गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो। यस्तै बैतडीको शिगास गाउँपालिकाका ८ जना, मेलौली नगरपालिकाका २ जना र पुर्चौडी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ। 

यसैगरी अछामको पञ्चदेव विनायक नगरपालिकाका ५ जना र डडेल्धुराको गन्यापुधुरा गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बताए। दिनेश खबर

प्रतिक्रिया