Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सुदूरपश्चिमका थप ५६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिमका थप ५६ जनामा कोरोना पुष्टि

धनगढीः  सुदूरपश्चिमका थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ५६ कोरोना पुष्टि भएको छ।

डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा ५ सय ३५ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बझाङका ३८ जना, बैतडीका ११ जना, अछामका ५ जना र डडेल्धुराका २ जनामा संक्रमण पुष्टि भएको बताए।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बझाङको केदास्यूँ गाउँपालिकाका १६ जना, बुङ्गल नगरपालिकाका १४ जना, थलारा गाउँपालिकाका ४ जना, छब्बिसपाथिभारा गाउँपालिकाका २ जना र बित्थडचिर गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो। यस्तै बैतडीको शिगास गाउँपालिकाका ८ जना, मेलौली नगरपालिकाका २ जना र पुर्चौडी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ। 

यसैगरी अछामको पञ्चदेव विनायक नगरपालिकाका ५ जना र डडेल्धुराको गन्यापुधुरा गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बताए। दिनेश खबर

प्रतिक्रिया