Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछाममा कुटपिटबाट २४ बर्षिय युवकको ज्यान गयो ।

अछाममा कुटपिटबाट २४ बर्षिय युवकको ज्यान गयो ।

कमल रावल, भदौ १७ अछाम

अछाम जिल्लामा २४ बर्षिय युवकको कुटपिट पछि मुत्यु भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउका मानसिह भण्डारीका २४ बर्षिय छोरा संन्तोष भण्डारीको आज जिल्ला अस्पताल अछाममा मुत्यु भएको हो । हिजो मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउको खाँदमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तिबाझका युवासँग आपसि विवाद भएपछि कुटपिट हुदा गम्भीर घाईते भएका भण्डारीको आज दिउसो जिल्ला अस्पताल अछाममा मुत्यु भएको बताईएको छ ।

बाह्य चोट धेरै नदेखिएपनी भित्रि भागमा गम्भीर चोट लागेको र थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएपनी हेलिकप्टरमा लैजान नपाउदै मंगलसेनमा मुत्यु भएको जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर मनोज बिष्टले बताउनु भयो । उहाँको भित्रि भागमा गम्भीर चोट भएकाले अछाममा उपचार सम्भब नभएपछी नेपालगञ्ज रेफर गर्दा लैजानका लागि अछाममा हेलिकप्टर ल्याण्ड हुने बित्तिकै मुत्यु भईसकेको डाक्टर बिष्टले बताउनु भयो । यता जिल्ला प्रहरी कार्यालय अछामका अनुसार कुटपिटका कारण मुत्यु भएकाले घटनाको अनुसन्धान जारी रहेको बताईएको छ । कमलबजार नगरपालिकाका ६ हात्तिबाझका भुपेन्द्र शाही लगाएतका ४÷५ जना युवाको समुहले उहाँलाई कुटपिट गरेकाले आज बिहानै देखि खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुचना अधिकारी रमेशदत्त अबस्थीले बताउनु भयो ।

मृतकका आफन्तको तर्फबाट समेत प्रहरी कार्यालयमा उजुरी आईसकेकाले भुपेन्द्र शाही फरार रहेकाले खोजि कार्य तिब्र पारिएको उहाँले बताउनु भयो । मृतकका भण्डारीका आफन्तले घट्नामा सग्लन दोषिलाई चाडो भन्दा चाडो पक्राउ गरि कानुनी कटघरामा ल्याउन प्रहरी समक्ष माग गरेका छन ।

प्रतिक्रिया