ताजा अपडेट
डडेल्धुरामा पहिलोपटक भागेश्वरले आफै बनाउँदैछ आइसोलेसन वार्ड
डडेल्धुराको भागेश्वर गाउँपालिकाले आफ्नै लगानीमा आइसोलेसन वार्ड निर्माण गर्दैछ। जिल्लामै पहिलोपटक गाउँपालिकाले २० वार्डको आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो।
२० लाखको लागतमा निर्माण हुन लागेको उक्त वार्डको कार्य यसै महिनाभित्र सम्पन्न हुने गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन। स्थानीयको जनश्रमदानमा बनाइन लागेको उक्त आइसोलेसन वार्डमा महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा बनाइने उनले बताइन।
एक स्थानीय तह एक आइसोलेसन वार्ड निर्माण गर्नुपर्ने नेपाल सरकारको प्रावधान अनुसार जिल्लामा पहिलोपटक निर्माण हुन लागेको उक्त वार्डले स्थानीयलाई सहज हुने विश्वास लिइएको छ। अहिले गाउँगाउँमा भारतबाट आएकाहरु भित्रिएका छन्। उनीहरुमा कोरोना संक्रमण भेटिएमा गाउँपालिकामै राख्नका लागि आइसोलेसन वार्ड बनाइएको अध्यक्ष कौशिला भट्टले बताइन। उक्त वार्डलाई बिरामी नभएका समयमा क्वारेन्टिन प्रायोजनका लागि समेत प्रयोग गरिने गाउँपालिका अध्यक्ष भट्टले बताइन। दिनेश खबर
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया