Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अस्पतालले गेटबाटै फर्काउँदा गर्भवतीको मृत्यु

अस्पतालले गेटबाटै फर्काउँदा गर्भवतीको मृत्यु

विराटनगरमा अस्पतालले भर्ना नगर्दा एक गर्भवतीको मृत्यु भएको छ ।

उपचारका लागि बुधबार रातभर विराटनगरका अस्पताल डुलाउँदा भर्ना नगरेपछि धरान पुर्‍याइएकी मोरङको कानेपोखरी गाउँपालिका ५ कि २३ वर्षीय सविना थापा दर्जीको मृत्यु भएको हो । उनको पेटमा सात महिनाको गर्भ थियो ।उनी मंगलबार राति १० बजेतिर शौचालयमा लडेकी थिइन् । तत्काल अवस्था सामान्य रहे बुधबार अवस्था गम्भीर भएपछि आफन्तले उपचारका लागि विराटनगर ल्याएका थिए ।

विराटनगरको नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, विराट नर्सिङहोम, ग्रीनक्रस, कोशी अस्पताल, सुरक्षा अस्पताल पुर्‍याए । तर कुनै अस्पतालले भर्ना गर्न मानेनन् । बिहीबार विहान साढे २ बजेपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।एम्बुलेन्समा राखेर रातभर विभिन्न अस्पताल पुर्‍याए पनि कुनैले उपचार गर्न नमानेको सविनाकी आमाजू दुर्गा सुन्दासले बताइन् । बिहीबार बिहान करिब २ बजे धरान लगिएकी सबिनाको केही समयपछि मृत्यु भएको हो ।

गर्भवतीको लडेका कारण मृत्यु भएपछि शव पोस्टमार्टमका लागि बिहीबार साँझ उर्लाबारीको मंगलबारे अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । अनलाइनखबर

प्रतिक्रिया