Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

अस्पतालले गेटबाटै फर्काउँदा गर्भवतीको मृत्यु

अस्पतालले गेटबाटै फर्काउँदा गर्भवतीको मृत्यु

विराटनगरमा अस्पतालले भर्ना नगर्दा एक गर्भवतीको मृत्यु भएको छ ।

उपचारका लागि बुधबार रातभर विराटनगरका अस्पताल डुलाउँदा भर्ना नगरेपछि धरान पुर्‍याइएकी मोरङको कानेपोखरी गाउँपालिका ५ कि २३ वर्षीय सविना थापा दर्जीको मृत्यु भएको हो । उनको पेटमा सात महिनाको गर्भ थियो ।उनी मंगलबार राति १० बजेतिर शौचालयमा लडेकी थिइन् । तत्काल अवस्था सामान्य रहे बुधबार अवस्था गम्भीर भएपछि आफन्तले उपचारका लागि विराटनगर ल्याएका थिए ।

विराटनगरको नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, विराट नर्सिङहोम, ग्रीनक्रस, कोशी अस्पताल, सुरक्षा अस्पताल पुर्‍याए । तर कुनै अस्पतालले भर्ना गर्न मानेनन् । बिहीबार विहान साढे २ बजेपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।एम्बुलेन्समा राखेर रातभर विभिन्न अस्पताल पुर्‍याए पनि कुनैले उपचार गर्न नमानेको सविनाकी आमाजू दुर्गा सुन्दासले बताइन् । बिहीबार बिहान करिब २ बजे धरान लगिएकी सबिनाको केही समयपछि मृत्यु भएको हो ।

गर्भवतीको लडेका कारण मृत्यु भएपछि शव पोस्टमार्टमका लागि बिहीबार साँझ उर्लाबारीको मंगलबारे अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । अनलाइनखबर

प्रतिक्रिया