Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १७ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

अस्पतालको करोडौ रकम तलब भत्तामा मात्रै खर्च : पि’डितले न्याय नपाउदासम्म काममा फर्किनौ

अस्पतालको करोडौ रकम तलब भत्तामा मात्रै खर्च : पि’डितले न्याय नपाउदासम्म काममा फर्किनौ

अछाम
न्याय हेल्थ नेपाल नामक अन्र्तराष्ट्रिय गैरसरकारी सस्थाद्धारा सञ्चालित अछामको बयलपाटा अस्पतालले आर्थिक संकट’का भएको भन्दै ३२ जना कर्मचारीलाई हटायो । जागीरबाट बिना कारण हटाईपछि हटाईएका कर्मचारी त’नाबमा छन् । त्यस मध्येका अस्पतालमा सरसफाईमा कार्यरत सिद्धार्थ आउजी पनी थिए । त’नाब सहन नसकि सिद्धार्थले यहि जेठ २६ गते आ’त्मदा’ह नै गरे ।

शरिरमा पेटोल छ’र्केर आगो लगाएका सिद्धार्थलाई उपचारका लागी नेपालगंञ्जको कोहरपुर मेडिकल कलेज लगिएको थियो । अन्तत उनले त्यहि मेडिकल कलेजमा प्राण त्याग गरे । अहिले यस्तै त’नाबमा छन् जनक कडायत । आर्थिक अवस्था कमजोर भएका जनक परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । जनक कडायत अस्पतालमा ६ वर्ष ३ महिना देखि सिनियर फ्यासेलिटी कोर्डिनेटर पदमा कार्यरत थिए । सस्थाको कार्यसम्पादन,मुल्याकन र अनुशासनमा उनी सधै विशिष्टमा पर्छन् । अस्पतालले ६ महिना अगाडी गरेको मुल्याकमा पनी उनी विशिष्ट मै परेका थिए र उनको बढुवा समेत भयो । तर अस्पतालले निकालिएको कर्मचारीलाई कार्यसम्पादन, अनुशासन मुल्याकन राम्रो नभएको भन्दै निकालेको बताउदै आएको छ ।

आ’त्मदा’हको घटनापछि अस्पतालले बिज्ञप्ती निकाल्दै कर्मचारी हटाउने निर्णय स्थगन गरेको छ । जनक लगायतका निकालिएका कर्मचारी पिडि’तले न्याय नपाउदासम्म काम नफर्किने बताउछन् । जनकले भने‘सिद्धार्थले न्याय नपाउदासम्म हामी काममा फर्किदैनौ,तत्काल रोजगार दिने र राहत नदिदासम्म हामी काममा फर्किदैनौ र यो घ’टनालाई त्यसै सेलाउन दिदैनौ । हामी काममा फर्किए पनी त्यहाँ काम गर्ने वातावरण हुदैन अब । फेरी पनी सिद्धार्थ जस्तै अरु घ’टना नहोला भन्न सकिन्न ।’

अस्पतालमा एकैदिन एउटै पदमा कार्यरत कर्मचारीको तलब भत्ता पनी फरक रहेको जागीरबाट निकालिएको हेल्थ असिस्टेन्ट हिमाल कुँवरले बताए । उनले भने ‘तलबमा समेत बिभे’द छ, अस्पताल भित्र गतलको साथ नदिदा हामी निकलिएका छौ, अनियमितता निकै छ अस्पतालमा, अहिले घ’टनालाई तोडमोड गर्ने चलखेल हुदैछ,कागजी रुपमा होईन साच्चीकै पिडितले न्याय पाउनुपर्छ, बिज्ञप्तीमा कर्मचारी हटाउने निर्णय स्थगन भनिएको छ पुर्नबहाली भनिएको छैन, अस्पतालमा कार्यरत कर्मचारीले अन्य क्षेत्रमा काम गर्न नपाउने नियम छ, तर यहाँ केहि कर्मचारीहरुले दई तिन क्षेत्रमा काम गरिरहेका छन् । अस्पतालको नियम कसैलाई लाग्ने कसैलाई नलाग्ने यो कस्तो हो उनले प्रश्न गरे ।

कौशिला तिमिल्सेनाले पनी पिडितले न्याय नपाउदासम्म काममा नजाने बताउनु भएको छ । उनी अस्पतालमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत रहेका थिईन् । उनले भनिन् ‘जागीरको कुनै लोभ छैन, क्षमता भएपछि जता पनी जागीर पाईन्छ,यदि हामी एत्तिकै काममा फर्कियौ भने सिद्धार्थको आ’त्माले हामीलाई सराप्ने छ ।’

अस्पतालले ३२ जना भने पनी ३५ जना कर्मचारी निकालिएको एक जना कर्मचारीले बताए । उनले भने ‘एकजना कर्मचारी त एक्कासी जागीर खोसीएको खबर पाएपछि डि’प्रेशनमा गए, उनको अवस्था नाजुक भएपछि पुर्नबहाली गरिएको छ । काठमाण्डौमा अस्पतालको सम्पर्क कार्यालय छैन तर त्यहाँ २३ जनाको जम्बो टोली बसेर बिना काम लाखौ रकम खाईरहेका छन् । उनीहरुका लागी मात्र ७ करोड रकम छुट्याईएको छ । हटाईएका कर्मचारी १९ देखि २८ हजार तलब खाने छन् । आर्थिक संकट हो भने रातदिन नभनी काम गर्ने कम तलब खाने कर्मचारीलाई किन हटाईयो,बढी खानेलाई किन राखियो ?उनले प्रश्न गरे ।

अस्पतालको करोडौ रकम तलब भत्तामा खर्च’
अस्पतालमा आउने रकम सबैभन्दा बढी तलबभत्तामा खर्च हुने गरेको छ । गत आर्थिक वर्षमा अस्पतालमा २२ करोड बैदेशिक रकम आएको थियो ।यस मध्ये १८ करोड तलबभत्तामा सकिएको छ भने बाँकी ४ करोड अस्पताल व्यवस्थापनमा खर्च गरिएको स्रोतले बताएको छ । यसैगरी यो आर्थिक वर्षमा १६ करोड रकम प्राप्त भएको छ । जसमा तलब भत्तामा मात्रै १४ करोड छ भने अन्यमा २ करोड रहेको छ। अस्पतालमा १९ देखि २८ हजार तलब खाने ८० प्रतिशत छन् भने एक लाख भन्दा माथी तलब खाने २० प्रतिशत छन् । नेपाल सरकारद्धारा निशुल्क ४० प्रकार औषधी अस्पतालबाट बितरण हुदै आएको र औषधी खरिदमा बजेट खर्च नहुने गरेको स्रोतले बतायो ।

प्रतिक्रिया