ताजा अपडेट
पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने युुवक पक्राउ

१९ भदौ, काठमाडौं । बिहीबार पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने स्थानीय युवक र प्रहरीसँगको झडपमा प्रहरीलाई ढुंगा हान्ने थप एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रेस लेखेको ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने युवकलाई शुक्रबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
उनी महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनिश महर्जन हुन् । उनी कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।
प्रहरीले बिहीबार मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई ढुंगा मुढा गर्ने १३ जनालाई पक्राउ गरिसकेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान
-
खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
प्रतिक्रिया