Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बाग्लुङ बाढी : मृतकको सनाखत गर्नै मुस्किल, बेपत्ताको खोजी जारी

बाग्लुङ बाढी : मृतकको सनाखत  गर्नै मुस्किल, बेपत्ताको खोजी जारी

बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढीले बगाउँदा मृत्यु भएकाको शव सनाखत गर्न मुस्किल भएको छ । शव क्षतविक्षत भएकाले मृत्यु भएका १४ जनामध्ये आठजनाको मात्रै सनाखत भएको छ ।

बुधबार राति भुजीखोलामा आएको भीषण बाढीले ढोरपाटन नगरपालिका वडा नं. ९, ८ र ७ को तटीय क्षेत्रका ३१ घर बगाएको थियो । घर बगाउँदा १४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । शव भेटिएकामध्ये आठजनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका डिएसपी राजेन्द्र रेग्मीले बताए । पहिचान भएकामा ढोरपाटन नगरपालिका– ९ की २६ वर्षीया केशमाया विक, ४६ वर्षीय करबहादुर विक, २२ वर्षीय जीवन विक, ११ वर्षीया डल्ली विक, २१ वर्षीया डिलमाया पुन, ३५ वर्षीया रिनाकुमारी घर्ती, ३२ वर्षीया करमती बुढा र ३१ वर्षीय प्रेम पुन रहेका छन् । 

शव भेटिएकामध्ये ६ जनाको सनाखत हुन सकेको छैन । केही शव क्षतविक्षत भएकाले पहिचान गर्न गाह्रो भएको डिएसपी रेग्मीले बताए । माटोले पुरिएर अनुहारको भाग नै नचिने भएका कारण शव कसको हो भन्ने पत्ता लाग्न कठिनाइ भइरहेको उनको भनाइ छ । 

बाढीले ढोरपाटन– ९ स्थित लाकुरीबोटमा रहेको स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको चारकोठे भवन, सरस्वती प्राविको दुईकोठे भवन, भुजीखोला लघु जलविद्युत् आयोजनाका चारवटा भवन, सडकछेउमा पार्किङ गरेर राखेको एक जिप पनि बगाएको थियो । बेपत्ताको शुक्रबार दिनभर खोजी गरिएको भए पनि कुनै पत्ता नलागेको प्रहरीले जनाएको छ । 

शुक्रबार गृहमन्त्री रामबहादुर थापा र सांसद देवेन्द्र पौडेलले बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । स्थलगत अनुगमनपछि गृहमन्त्री थापाले वर्षा रोकिएसँगै यस क्षेत्रको बस्ती निर्माणका लागि सरकारले सहयोग गर्ने बताए । उनी सैनिक हेलिकोप्टरमा बाग्लुङ आएका थिए । नयाँपत्रीका

प्रतिक्रिया