Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बाग्लुङ बाढी : मृतकको सनाखत गर्नै मुस्किल, बेपत्ताको खोजी जारी

बाग्लुङ बाढी : मृतकको सनाखत  गर्नै मुस्किल, बेपत्ताको खोजी जारी

बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढीले बगाउँदा मृत्यु भएकाको शव सनाखत गर्न मुस्किल भएको छ । शव क्षतविक्षत भएकाले मृत्यु भएका १४ जनामध्ये आठजनाको मात्रै सनाखत भएको छ ।

बुधबार राति भुजीखोलामा आएको भीषण बाढीले ढोरपाटन नगरपालिका वडा नं. ९, ८ र ७ को तटीय क्षेत्रका ३१ घर बगाएको थियो । घर बगाउँदा १४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । शव भेटिएकामध्ये आठजनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका डिएसपी राजेन्द्र रेग्मीले बताए । पहिचान भएकामा ढोरपाटन नगरपालिका– ९ की २६ वर्षीया केशमाया विक, ४६ वर्षीय करबहादुर विक, २२ वर्षीय जीवन विक, ११ वर्षीया डल्ली विक, २१ वर्षीया डिलमाया पुन, ३५ वर्षीया रिनाकुमारी घर्ती, ३२ वर्षीया करमती बुढा र ३१ वर्षीय प्रेम पुन रहेका छन् । 

शव भेटिएकामध्ये ६ जनाको सनाखत हुन सकेको छैन । केही शव क्षतविक्षत भएकाले पहिचान गर्न गाह्रो भएको डिएसपी रेग्मीले बताए । माटोले पुरिएर अनुहारको भाग नै नचिने भएका कारण शव कसको हो भन्ने पत्ता लाग्न कठिनाइ भइरहेको उनको भनाइ छ । 

बाढीले ढोरपाटन– ९ स्थित लाकुरीबोटमा रहेको स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको चारकोठे भवन, सरस्वती प्राविको दुईकोठे भवन, भुजीखोला लघु जलविद्युत् आयोजनाका चारवटा भवन, सडकछेउमा पार्किङ गरेर राखेको एक जिप पनि बगाएको थियो । बेपत्ताको शुक्रबार दिनभर खोजी गरिएको भए पनि कुनै पत्ता नलागेको प्रहरीले जनाएको छ । 

शुक्रबार गृहमन्त्री रामबहादुर थापा र सांसद देवेन्द्र पौडेलले बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । स्थलगत अनुगमनपछि गृहमन्त्री थापाले वर्षा रोकिएसँगै यस क्षेत्रको बस्ती निर्माणका लागि सरकारले सहयोग गर्ने बताए । उनी सैनिक हेलिकोप्टरमा बाग्लुङ आएका थिए । नयाँपत्रीका

प्रतिक्रिया