ताजा अपडेट
राष्ट्रिय सौन्दर्यकर्मी युनियन धनगढीको अध्यक्षमा रोकाया
धनगढी : धनगढी उप-महानगरपालिकामा राष्ट्रिय सौन्दर्यकर्मी युनियनको प्रथम नगर सभा बाट नगरकमिटी चयन गरिएकाे छ । शनिबार गठन भएको नगरकमिटीकाे अध्यक्षमा व्युटीसियन सपना रोकायलाइ चयन गरिएकाे छ ।
युनियनको उपाध्यक्षमा कुशुम चौधरी, सचिवमा जानकी तिरुवा, सहसचिवमा ज्योती गुरुङ , सदस्यहरुमा उषा केसि, सन्जु चौधरी,सुनिता चौधरी,प्रमिला राना, फिरिया चौधरी, सरिता चौधरी, बबिता चौधरी, पार्वती चौधरी चयन गरिएका छ्न ।
नगरकमिटी गठन गरिए पछी कमिटीले थप अागामी याेजनाबारे छलफल गरिएकाे अध्यक्ष रोकायले बताईन् । कार्यसमिती गठन पछी राखीएकाे बैठकमा नगर कमिटी यूनियनका सम्पुर्ण पदाधिकारीको सहभागिता रहेको थियो ।
यस्तै नगर कमिटी बैठकमा प्रदेश कमिटी सल्लाहाकार झुम अधिकारी, प्रदेश कमिटी सह-सचिब कमला गुरुङ्ग र प्रदेश कमिटी कोषाध्यक्ष गिता पौडेलको समेत उपस्थिती रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया