ताजा अपडेट
बाघको छाला र ९ किलो हड्डी सहित दाजुभाई पक्राउ - बझाङ
बझाङः बझाङमा बाघको छाला र हड्डी सहित दाजुभाई पक्राउ परेका छन्। गएराती जिल्लाको बुङ्गल नगरपालिकाबाट दुईवटा बाघको छाला र ९ किलो हड्डी सहित दाजुभाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक नेत्रबहादुर बोहराले बुङल नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय हरजित बोहोरा र उनका सहोदर भाई २३ वर्षीय सुरेन्द्र बोहोरालाई पक्राउ गरिएको जानकारी दिए।
उनीहरुलाई सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह आरआईटी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो। दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया