Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एवम समाजसेबी कुवँरद्धारा जिल्लाका दुई अस्पतालाई स्वास्थ्य सामाग्री प्रदान

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एवम समाजसेबी कुवँरद्धारा जिल्लाका दुई अस्पतालाई स्वास्थ्य सामाग्री प्रदान

अछाम ।

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एवम समाजसेबी एकिन्द्र कुवँरले बयालपाटा असपताललाई व्यक्तीगत सुरक्षाका सामाग्री तथा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । कुवँरको नेतृत्वमा २५ लिटर हेण्ड सेनिटाईजर, ५ पिस थर्मगन, ३५ पिपिई सेट, ५०० जोडा पञ्जा, एक हजार पिस मास्क, २० पिस सर्जिकल क्याप लगायतका स्वास्थ्य सामाग्री बयालपाटालाई हस्तान्त्ररण गरेका हुन् ।

सदस्य कुवँरले अहिले बिश्वभरमा कोरोना भाईरसको संक्रमणले त्रास फैलाईरहेका बेला यस जिल्लामा पनि संक्रमित देखिएसंगै जोखिम बढ्ने भन्दै स्वास्थ्य सामाग्री प्रदान गरेको बताए ।

आगामी दिनमा समेत बयालपाटा अस्पतालका लागि आवश्यक सहयोग गर्ने उनको प्रतिबद्धता थियो । यस्तो संकटको घडिमा स्वास्थ्य सामाग्री सहयोग गरेको भन्दै बयालपाटा अस्पतालले उनलाई धन्यवाद ज्ञापन गरेको छ ।यस्तै समाजसेवी कुवँरले जिल्ला अस्पताललाई समेत स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ । सामाग्रीमा ४० वटा पिपिई सेट, ५० पिस एन ९५ मास्क, ५ सय जोडा पञ्जा, १ हजार पिस सर्जिकल मास्क, २० लिटर हेण्डसेनिटाईजर, १५ पिस सर्जिकल क्याप लगायतका स्वास्थ्य सामाग्री अस्पतालका डाक्टर मजोज बिष्टलाई हस्तान्त्ररण गरिएको छ ।

अस्ताललाई यस्तो कोरोनाको कहरका बिचमा सामाग्री सहयोग गरेकोमा अस्पतालले कुवँरलाई धन्यवाद ज्ञापन गरेको छ । सामाग्री बितरण कार्यक्रममा  कांग्रेस महासमिती सदस्य राजन कुवँर, मंगलसेन नगरका नगर प्रमुख पदम बहादुर बोहरा, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य पुष्पराज भट्ट र जिल्ला शाखा अध्यक्ष खम्म खत्री लगायतको सहभागिता रहेको थियो ।

यस्तै राखेप बोर्ड सदस्य कुँवरको नेतृत्वमा जिल्ला पुगेको टोलीले अछामका प्रमुख जिल्ला अधिकारीलाई भेट गरेका छन्। भेटमा जिल्लाको समसामयिक स्थिती, कोरोनाको अवस्था लगायतका बिसयमा छलफल भएको छ।

कुँवरले जिल्ला अस्पताल र बयालपाटा अस्पताललाई जोखिमको समयमा स्वास्थ्य सामग्री प्रदान गरेकोमा प्रशंसा गर्दै धन्यवाद दिएका थिए।

 

प्रतिक्रिया