Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एवम समाजसेबी कुवँरद्धारा जिल्लाका दुई अस्पतालाई स्वास्थ्य सामाग्री प्रदान

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एवम समाजसेबी कुवँरद्धारा जिल्लाका दुई अस्पतालाई स्वास्थ्य सामाग्री प्रदान

अछाम ।

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एवम समाजसेबी एकिन्द्र कुवँरले बयालपाटा असपताललाई व्यक्तीगत सुरक्षाका सामाग्री तथा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । कुवँरको नेतृत्वमा २५ लिटर हेण्ड सेनिटाईजर, ५ पिस थर्मगन, ३५ पिपिई सेट, ५०० जोडा पञ्जा, एक हजार पिस मास्क, २० पिस सर्जिकल क्याप लगायतका स्वास्थ्य सामाग्री बयालपाटालाई हस्तान्त्ररण गरेका हुन् ।

सदस्य कुवँरले अहिले बिश्वभरमा कोरोना भाईरसको संक्रमणले त्रास फैलाईरहेका बेला यस जिल्लामा पनि संक्रमित देखिएसंगै जोखिम बढ्ने भन्दै स्वास्थ्य सामाग्री प्रदान गरेको बताए ।

आगामी दिनमा समेत बयालपाटा अस्पतालका लागि आवश्यक सहयोग गर्ने उनको प्रतिबद्धता थियो । यस्तो संकटको घडिमा स्वास्थ्य सामाग्री सहयोग गरेको भन्दै बयालपाटा अस्पतालले उनलाई धन्यवाद ज्ञापन गरेको छ ।यस्तै समाजसेवी कुवँरले जिल्ला अस्पताललाई समेत स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ । सामाग्रीमा ४० वटा पिपिई सेट, ५० पिस एन ९५ मास्क, ५ सय जोडा पञ्जा, १ हजार पिस सर्जिकल मास्क, २० लिटर हेण्डसेनिटाईजर, १५ पिस सर्जिकल क्याप लगायतका स्वास्थ्य सामाग्री अस्पतालका डाक्टर मजोज बिष्टलाई हस्तान्त्ररण गरिएको छ ।

अस्ताललाई यस्तो कोरोनाको कहरका बिचमा सामाग्री सहयोग गरेकोमा अस्पतालले कुवँरलाई धन्यवाद ज्ञापन गरेको छ । सामाग्री बितरण कार्यक्रममा  कांग्रेस महासमिती सदस्य राजन कुवँर, मंगलसेन नगरका नगर प्रमुख पदम बहादुर बोहरा, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य पुष्पराज भट्ट र जिल्ला शाखा अध्यक्ष खम्म खत्री लगायतको सहभागिता रहेको थियो ।

यस्तै राखेप बोर्ड सदस्य कुँवरको नेतृत्वमा जिल्ला पुगेको टोलीले अछामका प्रमुख जिल्ला अधिकारीलाई भेट गरेका छन्। भेटमा जिल्लाको समसामयिक स्थिती, कोरोनाको अवस्था लगायतका बिसयमा छलफल भएको छ।

कुँवरले जिल्ला अस्पताल र बयालपाटा अस्पताललाई जोखिमको समयमा स्वास्थ्य सामग्री प्रदान गरेकोमा प्रशंसा गर्दै धन्यवाद दिएका थिए।

 

प्रतिक्रिया

ट्रेन्डिङ