Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछामको मंगलसेनमा बन्दाबन्दीको स्वरुप फेरियो , साँफेबगरमा लडाउन खुल्यो

अछामको मंगलसेनमा बन्दाबन्दीको स्वरुप फेरियो , साँफेबगरमा लडाउन खुल्यो

धिरज कुँवर  भदौ २२, अछाम

मंगलसेन नगरपालिकाले जारी गरेको बन्दाबन्दीको स्वरुप मंगलबारदेखि बदलिने भएको छ । सोमबार बसेको नगर संकट व्यवस्थापन केन्द्रको निर्णायानुसार भदौ २९ गतेसम्म आंशिक रूपमा बन्दाबन्दी खुल्ने भएको नगर प्रमुख पदम बहादुर बोहराद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । नगरपालिकाका ५८२ जनाको पिसिआर परिक्षण गरेकोमा ११३ जनामा कोरोना संक्रमण देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नगर प्रमुख बोहराका अनुसार हाल आइसोलेसनमा ५ जना र क्वारेन्टाइनमा १२ जना रहेका छन् । कोभिड-१९ संक्रमणको रोकथामलाई प्रभावकारी बनाउन बन्दाबन्दी नै मुख्य विकल्प भएको उहाँले बताउनुभयो ।

नगर संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार भदौ २३ गतेदेखि २९ गते राति १२ बजेसम्म बन्दा बन्दिको स्वरुप फेरिने भएको हो । उहाँका अनुसार बजार क्षेत्र प्रत्येक दिन बिहान १० बजेसम्म ,आकस्मिक कार्य र खाद्यान्न ढुवानी प्रयोजनको लागि मात्र यातायात जुनसुकै समयमा पनि संचालन गर्न पाइने भएको छ । त्यस्तै कृषि तथा पशु उपज संकलन एवं विक्री वितरण केन्द्र (हाटबजार) बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म संचालन गरिने भएको छ भने मंगलसेन नगरपालिका कार्यालय र वडाहरुमा आवश्यक सेवा प्रवाह (स्वास्थ्य , सरसफाइ र विपत व्यवस्थापन मात्र ) संचालन हुनेछ । मंगलसेनमा रहेका राष्ट्रिय बाणिज्य बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक भदौ २२ र २३ गते बिहान १० बजे देखि १ बजेसम्म संचालन हुनेछन् भने कृषि विकास बैंक र ग्लोबल आइएमइ बैंक भदौ २४ र २५ गते बिहान १० बजे देखि १ बजेसम्म खुल्ने छ्न । त्यस्तै महालक्ष्मी बैंक भदौ २६ र २८ गते बिहान १० बजे देखि १ बजेसम्म र सम्पुर्ण लघुवित्त वित्तीय तथा सहकारी संस्थाहरु भदौ २४ र २९ गते बिहान १० बजे देखि १ बजेसम्म खुल्ने भएका छन ।

यता साँफेबगर नगरपालिकाले लगाएको बन्दाबन्दीलाई खुलाइएको छ । बुधबार राती १२ बजेपछि लागु हुने गरि लकडाउन हटाईएको नगरका कार्यबाहक प्रमुख बिर्मला बुढथापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । बन्दाबन्दी खुलाइए पनि कोरोना संक्रमणको जोखिम रहिआएकोले सम्पुर्णलाई स्वास्थ्य सुरक्षाका उपाय अपनाउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । साँफेबगरमा भदौ ९ गते देखि १६ गते राती १२ बजेसम्म पहिलो र गरि भदौ २३ गतेसम्म पुर्णरुपमा बन्दाबन्दी गरिएको थियो । लकडाउनलाई पुर्णरुपमा गर्न सफल पार्न सहयोग गर्ने सबैलाई नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया