Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

महामारीको समयमा सामाजिक काममा सक्रिय रा खे प बोर्ड सदस्य कुँवर

महामारीको समयमा सामाजिक काममा सक्रिय  रा खे प बोर्ड सदस्य कुँवर

धिरज कुँवर (अछाम)

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एकिन्द्र कुँवर कोरोना भाइरसको महामारीको समयमा सामाजिक अभियानमा सक्रिय हुनुभएको छ। फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र सन्चारकर्मीलाई सुरक्षाका सामान प्रदान गर्ने देखि अलपत्र परेका नागरिकको उद्दारमा समेत सक्रिय देखिनु भएको हो ।

कोरोना महामारि बिरुद्द को अभियान मा आफै देशका विभिन्न ठाउमा राहत, सहयोग र उद्दार मा लागिपर्नु भएका कुँवर केहि दिन यता आफ्नो गृह जिल्ला मा पुगेर राहत वितरण, सुरक्षा सामग्री वितरण र अफ्ट्यारो मा परेका लाई उद्दार तथा सहयोग कार्यमा लाग्नुभएको छ । उहाँले लकडाउनकै अवधिमा चौखुट्टे प्रहरी चौकीलाई ५ वटा पिपिई सेट, मार्कु स्वास्थ्य चौकीलाई ५ वटा पिपिई सेट, बुढाकोट स्वास्थ्य चौकीलाई ५ वटा पिपिई सेट र १ वटा थर्मागन वितरण गर्नुभएको थियो ।

साँफेबगर नगरपालिका -९ बुढाकोट स्थायी घर भई काठमान्डौं बस्दै आएका राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एकेन्द्र कुँवरले अछामका सञ्चारकर्मीको लागि स्वास्थ्य सामग्री समेत वितरण गर्नुभएको हो । उहाले स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघका कार्वाहक अध्यक्ष खम्म खत्रीलाई हस्तान्तण गर्नुभएको थियो । उहाले नेपाल पत्रकार महासंघका कार्वाहक अध्यक्ष खम्म खत्रीलाई सेनीटाईजर, एन-नाईन्टी फाईब माक्स, सर्जिकल माक्स र गल्बस वितरण हस्तान्तरण गर्नुभएको थियो ।

राखेप सदस्य एवम समाजसेबी कुवँरले बयालपाटा असपताललाई व्यक्तीगत सुरक्षाका सामाग्री तथा स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ । उहाले आफ्नै नेतृत्वमा २५ लिटर हेण्ड सेनिटाईजर, ५ पिस थर्मगन, ३५ पिपिई सेट, ५०० जोडा पञ्जा, एक हजार पिस मास्क, २० पिस सर्जिकल क्याप लगायतका स्वास्थ्य सामाग्री बयालपाटालाई हस्तान्त्ररण गरेको बताउनुभयो ।

यस्तै राखेप सदस्य एवम समाजसेवी कुवँरले जिल्ला अस्पताललाई समेत स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ । सामाग्रीमा ४० वटा पिपिई सेट, ५० पिस एन ९५ मास्क, ५ सय जोडा पञ्जा, १ हजार पिस सर्जिकल मास्क, २० लिटर हेण्डसेनिटाईजर, १५ पिस सर्जिकल क्याप लगायतका स्वास्थ्य सामाग्री अस्पतालका डाक्टर मजोज बिष्टलाई हस्तान्त्ररण गर्नुभएको छ ।

यस्तै राखेप सदस्य एवम समाजसेवी कुवँरले साफेबगर नगरपालिका का अधिकाङ्स क्वारेन्टाइन स्थलमा पुगि त्यहाँ बसेकाहरुलाई आवस्यक सुझाव ,सल्लाह र सहयोग गरेर स्वच्छ एवं परोपकारी भावनाको छवि बनाएका कुँवरले साँफेबगरका धेरै वडामा पुगेर क्वारेन्टाइनमा सहयोग समेत गर्नुभएको छ ।

प्रतिक्रिया