Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २६ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछाममा हत्या ,हिंसाका घटना बढेपछि अधिकारकर्मीले बुझाए सिडिओलाई ध्यानाकर्षण पत्र

अछाममा हत्या ,हिंसाका घटना बढेपछि अधिकारकर्मीले बुझाए सिडिओलाई ध्यानाकर्षण पत्र

भदौ २३, अछाम

अछाममा पछिल्लो समय हत्या हिंसाका घटना बढ्न थलेको ठहर गर्दै अछामका महिला अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी र अछामका दश वटै स्थानीय तहलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मंगलसेन नगरपालिकाका उपप्रमुख सरीता उपाध्यायको नेतृत्वमा गएको महिला अधिकारकर्मीको टोलीले महिला तथा बालबालिकाको घटनामा प्रहरीले शून्य शहनशिलता अपनाउन आग्रह समेत गरेको छ ।

भारतलगायत अन्य मुलुकबाट पुरुषहरु गाउँ फर्केको र रोजगारी गुमेपछीको तनावले महिलामाथि घरेलु हिंसा ,यौन हिंसा ,हत्या , आत्महत्याका घटना बढेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । हत्या हिंसा जस्ता जघन्य अपराधलाई कुनै तोडमोड र राजनीतिकरण नगरी पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न प्रहरी , प्रशासनले तटस्थ भुमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले स्थानीय तह , अधिकारकर्मी र सबै सरोकारवालासँग समन्वय गरेर महिलामाथि हुने हिंसा र समाजका विकृति ,विसंगतीका विरुद्ध लाग्ने बताउनुभयो ।

ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा अन्तरपार्टी महिला संजालका सदस्य बिन्दु रावल , अखिल नेपाल महिला संघकि अध्यक्ष लक्ष्मी बोगटी , नेपाल महिला संघकि सचीव पुर्णा शाह, मंगलसेन महिला बहुउद्देश्यीय सहकारी संस्थाकि अध्यक्ष मनकला न्यौपाने , दलित महिला संघकि सदस्य लक्ष्मी सोव , मंगलसेन नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकि प्रमुख मन्जु महतलगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया