Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रामारोशनद्वारा स्वास्थ्य सामाग्री वितरण

बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रामारोशनद्वारा स्वास्थ्य सामाग्री वितरण

भदौ २५, अछाम

नेपाली कांग्रेसका संस्थापक सभापति एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस रामारोशनले शान्तडा प्रहरी चौकी लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सामुदाय स्तरमा नै फैलिने त्रास बढेकोले फिल्डमा खटिने प्रहरी तथा पैदल हिड्ने सर्वसाधारणलाई विपी जयन्तीको अवसरमा २ सय थान सर्जिकल मास्क र सेनिटाइजर वितरण गरेको नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण विकले बताउनुभयो ।

रामारोशन गाउँपालिकामा पनि कोरोनाको उच्च जोखिम बढी रहेको बेला बजारमा अत्यावश्यक सामान खरिदका लागि आउने सर्वसाधारणलाई मास्क दिएर सचेतना दिइरहेको उहाँले बताउनुभयो । प्रहरी चौकी शान्तडाका हवल्दार तेज बहादुर कठायतलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार कांग्रेस रामारोशनका सचिव पुर्ण विक रामारोशन गाउँपालिका - ७ का वडा अध्यक्ष खडक भण्डारी ,नेपाल विद्यार्थी संघ जिल्ला सदस्य पुष्प बिष्ट ,दल बहादुर साउदलगायतको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसले हिजो र आज विभिन्न कार्यक्रम गर्दै विपी जयन्ती बनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ