Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रामारोशनद्वारा स्वास्थ्य सामाग्री वितरण

बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रामारोशनद्वारा स्वास्थ्य सामाग्री वितरण

भदौ २५, अछाम

नेपाली कांग्रेसका संस्थापक सभापति एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस रामारोशनले शान्तडा प्रहरी चौकी लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सामुदाय स्तरमा नै फैलिने त्रास बढेकोले फिल्डमा खटिने प्रहरी तथा पैदल हिड्ने सर्वसाधारणलाई विपी जयन्तीको अवसरमा २ सय थान सर्जिकल मास्क र सेनिटाइजर वितरण गरेको नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण विकले बताउनुभयो ।

रामारोशन गाउँपालिकामा पनि कोरोनाको उच्च जोखिम बढी रहेको बेला बजारमा अत्यावश्यक सामान खरिदका लागि आउने सर्वसाधारणलाई मास्क दिएर सचेतना दिइरहेको उहाँले बताउनुभयो । प्रहरी चौकी शान्तडाका हवल्दार तेज बहादुर कठायतलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार कांग्रेस रामारोशनका सचिव पुर्ण विक रामारोशन गाउँपालिका - ७ का वडा अध्यक्ष खडक भण्डारी ,नेपाल विद्यार्थी संघ जिल्ला सदस्य पुष्प बिष्ट ,दल बहादुर साउदलगायतको उपस्थिति रहेको थियो । नेपाली कांग्रेसले हिजो र आज विभिन्न कार्यक्रम गर्दै विपी जयन्ती बनाएको छ।

प्रतिक्रिया