ताजा अपडेट
डोटी जिप दुर्घ’टना अपडेट: घाईते सबैको परिचय खुल्यो : मेल्लेख गाउँपालीकाका मात्रै ९ जना
बिक्रम खड्का डोटी –
डोटि जिल्ला को पुर्बिचौकि गाउपालीका वडा नम्बर १ फुलौट शान्तिनगर बजार नजिककै अाज बिहान बन्दवोडि जिप दुर्घटना हुदाँ १२ जना घाइते भएका छन ।
धनगढी बाट अछामका लागि छुटेको से १ ज १०६६ नम्बरको वन्द वोडि जिप दुर्घटना हुदा १२ जना घाइते भएका छन । जिप सडक बाट करिब ६५ मिटर तल खसेको र घट्ना आज बिहान ५:३० बजे तिर भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहोराले बताए।
दुर्घटनामा परि घाइते हुनेमा अछामको मेल्लेख गाउपालिका वडा नम्ब, ६ सोडसा का ४८ बर्षिय रंग टमटा,४५ बर्षिय दाने टमटा,३६ बरषिय रुप बहादुर खड्का,३४ बर्षिय कमला खड्का,४८ बर्षिय दान बहादुर टमटा,३० बर्षिय सपना टमटा,४० बर्षिय मनसरा टमटा,४८ बर्षिय चंखे टमटा र सोही ठाउँका १२ बर्षिय पारस टमटा रहेका छन ।
बान्नीगढी जयगढ गाउँपालीका वडा नं ६ का ४८ बर्षिय धन बहादुर शाह त्यसैगरि बाजुराको त्रिबेणि नगरपालिका वडा नम्बर ८ कालापानिका १९ बर्षिय राजेन्द्र बम बडिमालीका नगरपालिका वडा नम्बर ३ का ४९ बर्षिय नर बहादुर रावल घाइते भएका छन।
दुर्घटनामा परी घाइते भएका १२जनाको जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको छ ।घाईते मध्य ३ जनाको अबस्था गम्भीर रहेको छ ।
दुर्घटना के कति कारणले भएको हो भन्ने अनुसन्धान भईरहेको र प्रारम्भिक अनुसन्धान अनुसार मोड काट्ने क्रममा दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक बोहोराले बताए । जिप चालक भने फरार रहेका छन ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया