Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक जनाको मृत्यु !

कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक जनाको मृत्यु !
काठमाडौं : कीर्तिपुरमा घरबेटीको कुटपिटबाट भाडामा बस्ने एक जनाको मृत्यु भएको छ।
कीर्तिपुर नगरपालिका– ७ मा ६६ वर्षका प्रेमलाल महर्जनले आफ्नै घरमा डेरा गरी बस्दै आएका ४८ वर्षका शम्भु चौधरीलाई बाँसको भाटाले हिर्काएर हत्या गरेको बताइएको छ । स्थानीयहरुका अनुसार निजको कुटपिटबाट मृत्यू भएको भन्ने आधारमा प्रहरीले छानविन अगाडि बढाएको छ।
स्थायी घर बारा भएका चौधरी दमका रोगी रहेका महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तण्डुकारले थाहाखबरलाई बताए। उनले भने, ‘कुटेर मारेको जस्तो त देखिँदैन, चोटपटक पनि कतै देखिँदैन, यसबारे हामीले अनुसन्धान गरिरहेका छौं।’
उनले घटनाबारे पोस्टमार्टमपछि मात्र थाहा हुने बताए। घरबेटी प्रेमलाल महर्जनलाई भने प्रहरी ले नियन्त्रणमा लिइसकेको छ।

प्रतिक्रिया