ताजा अपडेट
कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक जनाको मृत्यु !
काठमाडौं : कीर्तिपुरमा घरबेटीको कुटपिटबाट भाडामा बस्ने एक जनाको मृत्यु भएको छ।
कीर्तिपुर नगरपालिका– ७ मा ६६ वर्षका प्रेमलाल महर्जनले आफ्नै घरमा डेरा गरी बस्दै आएका ४८ वर्षका शम्भु चौधरीलाई बाँसको भाटाले हिर्काएर हत्या गरेको बताइएको छ । स्थानीयहरुका अनुसार निजको कुटपिटबाट मृत्यू भएको भन्ने आधारमा प्रहरीले छानविन अगाडि बढाएको छ।
स्थायी घर बारा भएका चौधरी दमका रोगी रहेका महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तण्डुकारले थाहाखबरलाई बताए। उनले भने, ‘कुटेर मारेको जस्तो त देखिँदैन, चोटपटक पनि कतै देखिँदैन, यसबारे हामीले अनुसन्धान गरिरहेका छौं।’
उनले घटनाबारे पोस्टमार्टमपछि मात्र थाहा हुने बताए। घरबेटी प्रेमलाल महर्जनलाई भने प्रहरी ले नियन्त्रणमा लिइसकेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया