Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

डिसिएको सहयोग मालिकाले दियो रामारोशनका घर बिहिन ३४ परिवारलाई ३ लाख ७४ हजार

डिसिएको सहयोग मालिकाले दियो रामारोशनका घर बिहिन ३४ परिवारलाई ३ लाख ७४ हजार

कमल रावल, भदौ २६ अछाम

गत भदौ २ गते आएको बिनाशकारी बाढि र पहिरोबाट घर बिहिन भएका रामारोशन गाउँपालिकाका ३४ घर परिवारलाई आर्थिक सहयोग गरिएको छ । डेनमार्कको गैह्रसरकारी संस्था डिसिएको आर्थिक सहयोग तथा मालिका विकास संघ नेपाल अछामद्धारा वडा नम्बर ४ बाटुलासैनका २ तथा वडा नम्बर ५ का ३२ घरधुरी गरि ३४ घर परिवारलाई प्रतिब्यक्ति ११ हजारका दरले ३ लाख ७४ हजार आर्थिक सहयोग गरिएको हो ।

गाउँपालिकाले सँकलन गरेर गत भदौ १९ गते २७ जना सिफारिस गरेर १४ हजारका दरले ३ लाख ७८ हजार वितरण गर्ने भनिएता पनी राहत वितरणको दिन आज मालिका बिकास सँघको टोलि त्यहाँ पुग्दा गाउपालिकाले केही परिवार छुटन गएको जानकारी सहित थप घर बिहिन भएका ७ जना सिफारिस गरेपछी ३४ जनालाई वितरण गरिएको बताईएको छ । रामारोशन गाउपालिकाको कार्यालय मुजाबगरमा एक कार्यक्रमका बिच भौतिक दुरि कायम गर्दै प्रत्येक पिडितलाई राहत स्वरुप आर्थिक रकम रामारोशन गाउँपालिकाका अध्यक्ष झँकर बहादुर साउदले हस्तान्तरण गर्नु भएको थियो । राहत स्वरुप आर्थिक सहयोग पाएपछी लाभग्राही घर बिहिन पिडितले आफ्नो भौतिक घर निर्माण हुन नसके पनी केही समय खाद्यान्न सामाग्रीको जोहो गर्न राहत पुग्ने बताएका थिए । यसअघि कहीकतैबाट राहत उपलब्ध नभएपनी मालिका बिकास सँघले राहत सहयोग गरेकोमा खुशि ब्यक्त गरेका थिए । राहत हस्तान्तरण पछी बोल्दै गाउँपालिका अध्यक्ष साउदले मालिका बिकास सँघले गरेको सहयोगले पिडीतलाई ठुलो राहत पुग्ने बताउनु भयो ।

संस्थाले छुट्टै योजना सहीत यतिबेला तत्कालका लागि घर नभएका परिवारलाई बाडेको राहतको प्रशँसा गर्नु भयो । संस्थालाई धन्यवाद दिदै अध्यक्ष साउदले आगामि दिनमा समेत हरेक संघ संस्थालाई गाउँपालिका सँग सहकार्य गर्दै राहत वितरण आग्रह गर्नु भएको थियो । हरेक क्षेत्रबाट वितरण हुने राहत तथा आर्थिक सहयोग यसअघि आफन्त गुमाएका परिवारका सदस्यलाई मात्र वितरण गरिने गरिएको थियो भने मालिका बिकास सँघ घर बिहीन परिवारलाई आर्थिक सहयोग गर्ने पहीलो संस्था हो । भौतिक संरचना गुमाएका परिवारलाई ठुलो राहत नभएपनी तत्काल आवश्यकता पर्ने खाद्यान्न अभाव पुर्तिका लागि सहयोग पुगोस भन्ने उद्देश्यका साथ सहयोग गरिएको मालिका बिकास सँघद्धारा संञ्चालित परिवर्तन परियोजनाका जिल्ला संयोजक रतन रावलले बताउनु भयो ।

घर बिहिन भएका पिडीतलाई राहत हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष साउद सहीत, निमित्त प्रमुख प्रशासकिय अधिकृत राम बहादुर भण्डारी, मालिका बिकास संघ नेपालका कार्य समिती सदस्य झपटराज ढुगाँना, मालिका बिकास सँघद्धारा संञ्चालित परिवर्तन परियोजनाका जिल्ला संयोजक रतन रावल, सामाजिक बिकास अधिकृत गोपिसिंह नेपाली, पत्रकार कमल रावलको सहभागिता रहेको थियो ।

प्रतिक्रिया