Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछामका थप तीन जनामा कोरोना पुष्टि

अछामका थप तीन जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज नौँ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा सात जना पुरुष र दुई महलिा गरी थप नौँ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

आज डोटीका चार जना, अछामका तीन र कैलालीका दुई जनामा कोरोना पुष्टि भएको हो। डोटीको दिपायल सिलगढी नगरपालिकाका ३० र ३७ बर्षीय पुरुष, सायल गाउँपालिकका २१ बर्षीय महिला र २८ बर्षीय पुरुषमा कोरकोना पुष्टि भएको छ।

अछामको तुर्माखाद गाउँपालिकाका २३ बर्षीय पुरुष, ढकारी गाउँपालिकाका २७ बर्षीय पुरुष, कमल बजार नगरपालिकाका ३१ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

यस्तै कैलालीमा धनगढी उप–महानगरपालिकाका २ बर्षीय बालिका र गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई सय ६४ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका ८० जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १९, डोटीका १७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन्।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट दुई सय ३६, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया