Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

४५ जिल्लामा १०३९ कोभिड-१९ का संक्रमित थपिँदा ५८ प्रतिशत उपत्यकामा, काठमाडौंमै ६ जना संक्रमितको मृत्यु

४५ जिल्लामा १०३९ कोभिड-१९ का संक्रमित थपिँदा ५८ प्रतिशत उपत्यकामा, काठमाडौंमै ६ जना संक्रमितको मृत्यु

 पछिल्लो २४ घण्टामा ४५ जिल्लामा कोभिड-१९ का संक्रमितहरुको पहिचान भएको छ। देशभरका प्रयोगशालाबाट भएको ९ हजार १६५ परीक्षणका क्रममा ३६५ महिला र ६७४ पुरुष गरी एक हजार ३९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये ३८ हजार ६९७ जना संक्रमण मुक्त भइसकेका छन् भने १५ हजार १२७ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

मन्त्रालयले आइतवार मात्र थप ९ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ। योसँगै मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या ३४५ पुगेको छ

उपत्यकमा मात्र ५९७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालभर थप भएका संक्रमितको ५८ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा मात्र हुन्। उपत्यकाका तीन जिल्लामा ५९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

जसमध्ये काठमाडौं जिल्लामा मात्र १७८ महिला र ३०५ पुरुष गरी ४८३ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। जुन नेपालमा कुल थप भएको संक्रमितको ४६.४८ प्रतिशत हो।

संक्रमण पुष्टि हुनेमा भक्तपुरमा २२ महिला र ५९ पुरुष गरी ८१ जना तथा ललितपुरमा १६ महिला र १७ पुरुष गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै प्रदेश १ मा सबैभन्दा बढी मोरङमा ७१ जनामा संक्रमण पुष्टि भएको छ।

मृत्यु भएका ९ मध्ये ६ जना काठमाडौंका

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार ९ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

मृत्यु भएका ९ मध्ये ६ जना काठमाडौं जिल्लाका मात्र छन्। मृत्यु भएकामध्ये दुई जना ६५/६५ वर्षका महिला, तथा ६ पुरुष रहेका छन्। जसमध्ये ५९ वर्षका दुई र ७० र ६४ वर्षका पुरुषको पनि मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

आइतवार मन्त्रालयले मृत्यु पुष्टि गरेकामध्ये मोरङका ६९ वर्षका पुरुष र सिन्धुपाल्चोकका ५९ वर्षका संक्रमितको पुरुष रहेका छन्।

त्यस्तै कास्कीकी ४५ वर्षकी महिला गरी ३ पुरुष र ६ महिलाको मृत्युलाई मन्त्रालयले आइतवार पुष्टि गरेको हो। योसँगै मृत्यु हुनेको संख्या ३४५ पुगेको छ। जुन कुल संक्रमितको ०.६४ प्रतिशत हो।

प्रतिक्रिया