Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

४५ जिल्लामा १०३९ कोभिड-१९ का संक्रमित थपिँदा ५८ प्रतिशत उपत्यकामा, काठमाडौंमै ६ जना संक्रमितको मृत्यु

४५ जिल्लामा १०३९ कोभिड-१९ का संक्रमित थपिँदा ५८ प्रतिशत उपत्यकामा, काठमाडौंमै ६ जना संक्रमितको मृत्यु

 पछिल्लो २४ घण्टामा ४५ जिल्लामा कोभिड-१९ का संक्रमितहरुको पहिचान भएको छ। देशभरका प्रयोगशालाबाट भएको ९ हजार १६५ परीक्षणका क्रममा ३६५ महिला र ६७४ पुरुष गरी एक हजार ३९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये ३८ हजार ६९७ जना संक्रमण मुक्त भइसकेका छन् भने १५ हजार १२७ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

मन्त्रालयले आइतवार मात्र थप ९ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ। योसँगै मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या ३४५ पुगेको छ

उपत्यकमा मात्र ५९७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालभर थप भएका संक्रमितको ५८ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा मात्र हुन्। उपत्यकाका तीन जिल्लामा ५९७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

जसमध्ये काठमाडौं जिल्लामा मात्र १७८ महिला र ३०५ पुरुष गरी ४८३ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। जुन नेपालमा कुल थप भएको संक्रमितको ४६.४८ प्रतिशत हो।

संक्रमण पुष्टि हुनेमा भक्तपुरमा २२ महिला र ५९ पुरुष गरी ८१ जना तथा ललितपुरमा १६ महिला र १७ पुरुष गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै प्रदेश १ मा सबैभन्दा बढी मोरङमा ७१ जनामा संक्रमण पुष्टि भएको छ।

मृत्यु भएका ९ मध्ये ६ जना काठमाडौंका

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार ९ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

मृत्यु भएका ९ मध्ये ६ जना काठमाडौं जिल्लाका मात्र छन्। मृत्यु भएकामध्ये दुई जना ६५/६५ वर्षका महिला, तथा ६ पुरुष रहेका छन्। जसमध्ये ५९ वर्षका दुई र ७० र ६४ वर्षका पुरुषको पनि मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

आइतवार मन्त्रालयले मृत्यु पुष्टि गरेकामध्ये मोरङका ६९ वर्षका पुरुष र सिन्धुपाल्चोकका ५९ वर्षका संक्रमितको पुरुष रहेका छन्।

त्यस्तै कास्कीकी ४५ वर्षकी महिला गरी ३ पुरुष र ६ महिलाको मृत्युलाई मन्त्रालयले आइतवार पुष्टि गरेको हो। योसँगै मृत्यु हुनेको संख्या ३४५ पुगेको छ। जुन कुल संक्रमितको ०.६४ प्रतिशत हो।

प्रतिक्रिया