Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

रामारोशनमा नेकपाका कार्यकर्ता काङ्ग्रेसमा प्रवेश

रामारोशनमा नेकपाका कार्यकर्ता काङ्ग्रेसमा प्रवेश

भदौ २७ , अछाम

सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी नेकपा रामारोशनका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन । रामारोशन गाउँपालिका - ३ का कमल साउद कान्तिलाल जैसि, मैपति भण्डारी ,मोहन साउद ,पदम साउद र वडा न २ का सुरेश रावल, खकेन्द्र देवकोटालगायतका नेकपा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वारले नेपाली कांग्रेसको सदस्यता दिएर पार्टीमा स्वागत गर्नु भएको हो । यसैगरी नेपाली कांग्रेस रामारोशन गाउँपालिका कार्य समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

नेपाली कांग्रेस रामारोशनका सभापति नन्दराज उपाध्यायको सभापतित्वमा भएको बैठकले भदौ २ गते रामारोशनमा आएको बाढी पहिरो पिडितहरुका लागि नेपाली कांग्रेसले संचालनमा ल्याएको राहत संकलन तथा उद्वार समितिको कोषमा हालसम्म सहयोग गर्ने सम्पुर्ण सहयोगी संस्था तथा व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गरेको छ । राहत संकलन कार्यलाई स्थानीय स्तर देखि सबै ठाउँमा सशक्त बनाउने र बाढी पहिरोले गरेको धनजनको क्षेतिको विबरण स्थानीय सरकार तथा प्रभावित क्षेत्रका जनतासंग समन्वय गरि यथार्थ विवरण संकलन लागि पार्टी स्थानीय नेता कार्यकर्ता जिम्मेवारी दिने निर्णय गरेको छ । साथै बैठकले बाढी पहिरोले अवरुद्ध थुप्रै भौतिक भौतिक संरचनाको पुन निर्माण तथा पुन सुचारूका लागि सबै तहका सरकारसंग माग गर्नुका साथै सरकारले पुन :निर्माण कार्यमा साथ तथा सहयोग गर्ने निर्णय पनि गरेको नेपाली कांग्रेसका युवा नेता पुष्प बिष्टले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य मान बहादुर साउद कांग्रेस क्षेत्र न२ प्रदेश सभा (ख)का सभापति पुर्ण रावल, नेविसंघ पुर्व केन्द्रिय सदस्य चन्द्र विक , शिक्षक संघ केन्द्रीय प्रतिनिधि काली बुढा ,भिम खत्री ,तरुण दलका जिल्ला कोषाध्यक्षमा रेमति साउद, सह सचिव परेक देवकोटा, नेविसंघ जिल्ला सदस्य दल बहादुर साउद ,महेश बटाला लगायतको सहभागिता रहेको कार्यक्रमको स्वागत मन्तव्य नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बहादुर विकले राख्नु भएको थियो भने संचालनगोपि प्रसाद खनालले गर्नुभएको थियोे ।

प्रतिक्रिया