Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

रामारोशनमा नेकपाका कार्यकर्ता काङ्ग्रेसमा प्रवेश

रामारोशनमा नेकपाका कार्यकर्ता काङ्ग्रेसमा प्रवेश

भदौ २७ , अछाम

सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी नेकपा रामारोशनका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन । रामारोशन गाउँपालिका - ३ का कमल साउद कान्तिलाल जैसि, मैपति भण्डारी ,मोहन साउद ,पदम साउद र वडा न २ का सुरेश रावल, खकेन्द्र देवकोटालगायतका नेकपा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वारले नेपाली कांग्रेसको सदस्यता दिएर पार्टीमा स्वागत गर्नु भएको हो । यसैगरी नेपाली कांग्रेस रामारोशन गाउँपालिका कार्य समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

नेपाली कांग्रेस रामारोशनका सभापति नन्दराज उपाध्यायको सभापतित्वमा भएको बैठकले भदौ २ गते रामारोशनमा आएको बाढी पहिरो पिडितहरुका लागि नेपाली कांग्रेसले संचालनमा ल्याएको राहत संकलन तथा उद्वार समितिको कोषमा हालसम्म सहयोग गर्ने सम्पुर्ण सहयोगी संस्था तथा व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गरेको छ । राहत संकलन कार्यलाई स्थानीय स्तर देखि सबै ठाउँमा सशक्त बनाउने र बाढी पहिरोले गरेको धनजनको क्षेतिको विबरण स्थानीय सरकार तथा प्रभावित क्षेत्रका जनतासंग समन्वय गरि यथार्थ विवरण संकलन लागि पार्टी स्थानीय नेता कार्यकर्ता जिम्मेवारी दिने निर्णय गरेको छ । साथै बैठकले बाढी पहिरोले अवरुद्ध थुप्रै भौतिक भौतिक संरचनाको पुन निर्माण तथा पुन सुचारूका लागि सबै तहका सरकारसंग माग गर्नुका साथै सरकारले पुन :निर्माण कार्यमा साथ तथा सहयोग गर्ने निर्णय पनि गरेको नेपाली कांग्रेसका युवा नेता पुष्प बिष्टले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य मान बहादुर साउद कांग्रेस क्षेत्र न२ प्रदेश सभा (ख)का सभापति पुर्ण रावल, नेविसंघ पुर्व केन्द्रिय सदस्य चन्द्र विक , शिक्षक संघ केन्द्रीय प्रतिनिधि काली बुढा ,भिम खत्री ,तरुण दलका जिल्ला कोषाध्यक्षमा रेमति साउद, सह सचिव परेक देवकोटा, नेविसंघ जिल्ला सदस्य दल बहादुर साउद ,महेश बटाला लगायतको सहभागिता रहेको कार्यक्रमको स्वागत मन्तव्य नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बहादुर विकले राख्नु भएको थियो भने संचालनगोपि प्रसाद खनालले गर्नुभएको थियोे ।

प्रतिक्रिया