Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

बन्द होला त टिकटक ?

बन्द होला त टिकटक ?

भूराजनीतिक चासोका बीच संसारका शक्ति राष्ट्रहरू एउटा चिनियाँ एप टिकटकप्रति सशंकित भएका बेला नेपालमा पनि उक्त एपको उपयोगिताबारे अध्ययन भइरहेको बताइएको छ। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले ‘राज्य र उपभोक्तालाई टिकटकले के दियो’ भन्नेबारे आफूहरूले अध्ययन गरिरहेको बताए। 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको एक भर्चुअल अन्तक्र्रियामा निर्देशक रोयले भने, ‘यसको प्रयोग गर्दा र नगर्दा के अन्तर हुन्छ भन्ने अध्ययनले छिट्टै केही ठोस निर्णयमा पुर्‍याउँछ।’ उनले टिकटकमाथि प्रतिबन्ध लगाउने वा नलगाउनेबारे भने स्पष्ट पारेनन्।

- सुरक्षा चासोलाई लिएर धेरै मुलुकहरूले त्यसबारे अध्ययन सुरु गरेका छन्  
- अमेरिकाले अर्को साताबाट टिकटकमा प्रतिबन्ध लगाउने बताएको छ 

तर, इन्टरनेट सेवाप्रदायक संघका अध्यक्ष भोजराज भट्टले भने टिकटकका कारण इन्टरनेट सेवाप्रदायकलाई व्यान्डविद व्यवस्थापनमा जटिल समस्या परेको भन्दै यसबारे ‘सोच्न’ नियामक निकायसमक्ष आग्रह गरे। उनका अनुसार चैतमा लकडाउन सुरु भएयता नेपालमा इन्टरनेट ब्यान्डविद खपत ४० प्रतिशतसम्म वृद्धि भएको छ। टिकटकले अत्यधिक ब्यान्डविद खपत गरिदिँदा मुलुकभर इन्टरनेट सेवा सुस्त हुन पुगेको अरु सेवाप्रदायकले पनि बताउँदै आएका छन्।

यद्यपि, टिकटकको सवालमा इन्टरनेट खपतभन्दा पनि सुरक्षा चासोलाई धेरै मुलुकले बढी गहनताका साथ हेरिरहेका छन्। विश्वमा सबैभन्दा तीव्रतर फैलिएका केही सामाजिक एपमध्ये यो पनि एक हो।

‘बाइट डान्स’ नामक चिनियाँ प्रविधि कम्पनीले टिकटक सुरु गरेको यही महिना चार वर्ष पुग्दै छ। अहिले नै यो विश्वबजारकै लोकप्रियमध्येको एक हो। नौ महिनाअघिको एक तथ्यांकअनुसार सामाजिक सञ्जालको भीडमा फेसबुक, युट्युब, ह्वाट्सएप, फेसबुक म्यासेन्जर, वीच्याट र इन्स्टाग्रामपछिको लोकप्रिय रहेको बताइएको छ। त्यसबेला ८० करोड प्रयोगकर्ता रहेको भनिएको टिकटक अहिलेसम्म दुई अर्बभन्दा धेरै पटक डाउनलोड भइसकेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्।

एजेन्सीका अनुसार संसारका करिब ७ अर्ब ७५ करोड मानिसमध्ये ५ अर्ब १९ करोडले मोबाइल फोन प्रयोग गर्ने गरेका छन्। ४ अर्ब ५४ करोड मान्छे इन्टरनेटको पहुँचमा छन् भने त्यसमध्ये ३ अर्ब ८० करोड मान्छे कुनै न कुनै सामाजिक सञ्जालमा सक्रिय छन्। यति ठूलो बजारमा तीव्रतर फैलिएको टिकटकले १५ सेकेन्डको भिडियो अपलोड गर्ने सुविधा दिएर छोटो समयमा धेरैको मन जितेको छ।

तत्कालीन अवस्थामा २० करोडभन्दा धेरै प्रयोगकर्ता भएको भारतले चीनसँगको सीमा विवादमा आफ्ना २० जवानको हत्या भएपछि टिकटकसँगै ५० चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो। अमेरिकी सञ्चार संस्था फोब्र्सले भारतीय प्रतिबन्धका कारण टिकटकलाई ६ अर्ब डलरको क्षति पुग्ने उल्लेख गरेको थियो। त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकका कारण सुरक्षा चुनौती बढ्नसक्ने बताएपछि प्रमुख शक्तिराष्ट्रहरू उक्त एपमाथि निगरानी बढाउने योजनामा छन्। अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेश अर्को साता २० सेप्टेम्बरदेखि कार्यान्वयन गर्ने बताएको छ।

अस्ट्रेलियाको खुफिया संस्थाले टिकटकको सूचना व्यवस्थापन र त्यसको उपयोगिताबारे अध्ययन थालिसकेको एजेन्सीले लेखेका छन्। युरोपेली संघमा यसमाथि प्रतिबन्ध लगाउनेबारे औपचारिक छलफल नभए पनि टिकटक प्रयोगकर्ताको निजी सूचनाको संरक्षणबारे चिन्ता सुरु भएको छ। जापानमा सरकारले टिकटकको परीक्षण गर्नुपर्ने माग उठेको छ। इन्डोनेसियाले टिकटकबाट नग्न भिडियो प्रसारित भएको भन्दै अस्थायी प्रतिबन्ध लगाएको छ। सामाजिक सञ्जालप्रति अनुदार टर्कीले पनि यस एपमाथि निगरानी राखेको छ। पाकिस्तानले पनि ‘भल्गर’ भिडियोहरूको प्रसार नगर्न अन्तिम चेतावनी दिइसकेको छ। अन्नपुर्ण पोष्ट 

प्रतिक्रिया