Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रधानमन्त्री र नेकपा अध्यक्ष दाहालबीच कुलमान घिसिङलाई फेरि दोहोर्याउने सहमति

प्रधानमन्त्री र नेकपा अध्यक्ष दाहालबीच कुलमान घिसिङलाई फेरि दोहोर्याउने सहमति

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज सकिँदैछ । २०७३ साल भदौ २९ गते नियुक्त भएका घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिन लागेको हो । दैनिक १४ घण्टा लोडसेडिङ भएको समयमा प्राधिकरणमा आएका घिसिङलाई देशमा लोडसेडिङ अन्त्य गरेको जस जान्छ ।

कार्यकारी निर्देशकको रुपमा आएको ६ महिनामै घिसिङले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेका थिए । त्यसलगत्तै देशका प्रमुख शहर, सबै क्षेत्रका घरायसी ग्राहक हुँदै २०७५ बैशाख ३१ गते घरायसी र औद्योगिक ग्राहक सबैलाई लोडसेडिङमुक्त गराएका थिए ।

यो अवधिमा ३४ अर्ब सिञ्चित नोक्सानमा रहेको प्राधिकरणलाई करिब ५ अर्ब सिञ्चित नाफामा पुर्याउने र वार्षिक ८ अर्ब रुपैंया घाटा रहेको प्राधिकरणलाई ११ अर्ब नाफाको बलियो अवस्थामा पुर्याउने जस समेत उनैले पाएका छन् । 

बिदाइको तयारी छैन

घिसिङको कार्यकाल सकिए पनि हालसम्म उनको बिदाईका लागि कुनै पनि तयारी गरिएको छैन । हालसम्म बिदाईको लागि कुनै तयारी नभएको घिसिङको सचिवालयले जनाएको छ । अर्को एक कार्यकाल प्राधिकरणमै बिताउन चाहेका उनलाई पुनर्नियुक्ति गर्नुपर्ने माग उठे पनि अन्तिम दिनसम्म उनको नियुक्ति भएको छैन ।

प्रधानमन्त्री केपी शर्माओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच घिसिङलाई फेरि दोहोर्याउने सहमति भएअनुसार उर्जा मन्त्रालयले उनलाई पुनर्नियुक्ति गर्ने प्रस्ताव तयार पारिसकेको जनाएको छ । प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भए उनको अर्को कार्यकालको बाटो खुल्नेछ ।

पुनर्नियुक्तिको हल्ला बाहिर आएसँगै प्राधिकरणले उनको बिदाइको औपचापरिक कार्यक्रम नगरेको प्राधिकरण स्रोतले जनाएको छ । यद्यपि महिनौंदेखि कुलमान दोहोरिनुपर्ने माग गर्दै आएकाहरु अन्तिम दिनसम्म पनि उनको पुनर्नियुक्तिबारे अन्यौलमै छन् । रासस

प्रतिक्रिया