Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

प्रधानमन्त्री र नेकपा अध्यक्ष दाहालबीच कुलमान घिसिङलाई फेरि दोहोर्याउने सहमति

प्रधानमन्त्री र नेकपा अध्यक्ष दाहालबीच कुलमान घिसिङलाई फेरि दोहोर्याउने सहमति

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज सकिँदैछ । २०७३ साल भदौ २९ गते नियुक्त भएका घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिन लागेको हो । दैनिक १४ घण्टा लोडसेडिङ भएको समयमा प्राधिकरणमा आएका घिसिङलाई देशमा लोडसेडिङ अन्त्य गरेको जस जान्छ ।

कार्यकारी निर्देशकको रुपमा आएको ६ महिनामै घिसिङले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेका थिए । त्यसलगत्तै देशका प्रमुख शहर, सबै क्षेत्रका घरायसी ग्राहक हुँदै २०७५ बैशाख ३१ गते घरायसी र औद्योगिक ग्राहक सबैलाई लोडसेडिङमुक्त गराएका थिए ।

यो अवधिमा ३४ अर्ब सिञ्चित नोक्सानमा रहेको प्राधिकरणलाई करिब ५ अर्ब सिञ्चित नाफामा पुर्याउने र वार्षिक ८ अर्ब रुपैंया घाटा रहेको प्राधिकरणलाई ११ अर्ब नाफाको बलियो अवस्थामा पुर्याउने जस समेत उनैले पाएका छन् । 

बिदाइको तयारी छैन

घिसिङको कार्यकाल सकिए पनि हालसम्म उनको बिदाईका लागि कुनै पनि तयारी गरिएको छैन । हालसम्म बिदाईको लागि कुनै तयारी नभएको घिसिङको सचिवालयले जनाएको छ । अर्को एक कार्यकाल प्राधिकरणमै बिताउन चाहेका उनलाई पुनर्नियुक्ति गर्नुपर्ने माग उठे पनि अन्तिम दिनसम्म उनको नियुक्ति भएको छैन ।

प्रधानमन्त्री केपी शर्माओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच घिसिङलाई फेरि दोहोर्याउने सहमति भएअनुसार उर्जा मन्त्रालयले उनलाई पुनर्नियुक्ति गर्ने प्रस्ताव तयार पारिसकेको जनाएको छ । प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भए उनको अर्को कार्यकालको बाटो खुल्नेछ ।

पुनर्नियुक्तिको हल्ला बाहिर आएसँगै प्राधिकरणले उनको बिदाइको औपचापरिक कार्यक्रम नगरेको प्राधिकरण स्रोतले जनाएको छ । यद्यपि महिनौंदेखि कुलमान दोहोरिनुपर्ने माग गर्दै आएकाहरु अन्तिम दिनसम्म पनि उनको पुनर्नियुक्तिबारे अन्यौलमै छन् । रासस

प्रतिक्रिया