Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कैलालीमा आजदेखि अझै खुकुलो निषेधाज्ञा, के गर्न पाइन्छ के गर्न पाइदैन ?

कैलालीमा आजदेखि अझै खुकुलो निषेधाज्ञा, के गर्न पाइन्छ के गर्न पाइदैन ?

कैलालीमा पछिल्लो पटक थप गरेको निषेधाज्ञा हिजो मध्भ्यरातिदेखि सकिएपछि आजदेखि थप खुकुलो बनाउँदै निषेधाज्ञा जारी भएको छ। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै निषेधाज्ञा अझै खुकुलो बनाएका हुन्।

स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग २०२० बमोजिक थप खुकुलो पार्दै निषेधाज्ञालाई अर्को सूचना जारी नभएसम्मका लागि लम्ब्याईएको हो। आजदेखि सार्वजनिक सवारी साधनको जोरबिजोर प्रणाली हटाइएको छ भने ५० प्रतिशत यात्रु मात्रै बोक्न पाईने भएको छ।

यात्रु बोक्दा चालक र चालक दलका सदस्यहरुले भाईजर, पञ्जा र मास्को अनिवार्य प्रयोग गर्नुपर्ने छ भने यात्रुलाई पनि मास्क अनिवार्य प्रयोग गर्न लगाउन पर्नेछ। तोकिएको भाडामा अधिक्तम ५० प्रतिशत थप भाडा लिन पाईने प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेशमा उल्लेख छ। स्वास्थ्य सेवा लगायतका अत्यावश्यक सेवा यथावत रुपमा सञ्चालन गर्न पाईनेछ। 

जनस्वास्थ्यको मापदण्ड पूरा गरी व्यापार, व्यवसाय पनि यथावत रुपमा सञ्चालन हुने छ भने होटल रेष्टुरेन्ट भीडभाड नहुने गरी सञ्चालन गर्न पाईनेछ। शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, फिटनेस सेन्टर, सैलुन लगायतका सेवा तथा स्थलरुह सञ्चालन गर्न पाईने छैन्।

सभा, सम्मेलन, भेला, गोष्ठि लगायतका सामूहिक गतिविधि गर्न पनि रोक लगाइएको छ। सरकारी कार्यालय भीडभाड नहुने गरी सञ्चालनको व्यवस्था मिलाउन आदेश दिईएको छ। बैंक तथा वित्तिय सस्था पनि भीडभाड नहुने गरी सञ्चालन गर्न आदेश दिईएको छ।

उद्योगहरु नेपाल सरकारबाट निर्धारित वाणिज्य तथा आपूर्ति सम्बन्धि सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमती दिइएको छ। राति १० बजेदेखि विहान ५ बजेसम्म भने अत्यावश्यक कामबाहेक हिडडुल गर्न रोक लगाइएको छ। दिनेश खबर

प्रतिक्रिया