Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कैलालीमा आजदेखि अझै खुकुलो निषेधाज्ञा, के गर्न पाइन्छ के गर्न पाइदैन ?

कैलालीमा आजदेखि अझै खुकुलो निषेधाज्ञा, के गर्न पाइन्छ के गर्न पाइदैन ?

कैलालीमा पछिल्लो पटक थप गरेको निषेधाज्ञा हिजो मध्भ्यरातिदेखि सकिएपछि आजदेखि थप खुकुलो बनाउँदै निषेधाज्ञा जारी भएको छ। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै निषेधाज्ञा अझै खुकुलो बनाएका हुन्।

स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग २०२० बमोजिक थप खुकुलो पार्दै निषेधाज्ञालाई अर्को सूचना जारी नभएसम्मका लागि लम्ब्याईएको हो। आजदेखि सार्वजनिक सवारी साधनको जोरबिजोर प्रणाली हटाइएको छ भने ५० प्रतिशत यात्रु मात्रै बोक्न पाईने भएको छ।

यात्रु बोक्दा चालक र चालक दलका सदस्यहरुले भाईजर, पञ्जा र मास्को अनिवार्य प्रयोग गर्नुपर्ने छ भने यात्रुलाई पनि मास्क अनिवार्य प्रयोग गर्न लगाउन पर्नेछ। तोकिएको भाडामा अधिक्तम ५० प्रतिशत थप भाडा लिन पाईने प्रमुख जिल्ला अधिकारी बोहराद्वारा जारी आदेशमा उल्लेख छ। स्वास्थ्य सेवा लगायतका अत्यावश्यक सेवा यथावत रुपमा सञ्चालन गर्न पाईनेछ। 

जनस्वास्थ्यको मापदण्ड पूरा गरी व्यापार, व्यवसाय पनि यथावत रुपमा सञ्चालन हुने छ भने होटल रेष्टुरेन्ट भीडभाड नहुने गरी सञ्चालन गर्न पाईनेछ। शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, फिटनेस सेन्टर, सैलुन लगायतका सेवा तथा स्थलरुह सञ्चालन गर्न पाईने छैन्।

सभा, सम्मेलन, भेला, गोष्ठि लगायतका सामूहिक गतिविधि गर्न पनि रोक लगाइएको छ। सरकारी कार्यालय भीडभाड नहुने गरी सञ्चालनको व्यवस्था मिलाउन आदेश दिईएको छ। बैंक तथा वित्तिय सस्था पनि भीडभाड नहुने गरी सञ्चालन गर्न आदेश दिईएको छ।

उद्योगहरु नेपाल सरकारबाट निर्धारित वाणिज्य तथा आपूर्ति सम्बन्धि सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमती दिइएको छ। राति १० बजेदेखि विहान ५ बजेसम्म भने अत्यावश्यक कामबाहेक हिडडुल गर्न रोक लगाइएको छ। दिनेश खबर

प्रतिक्रिया