Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

शिक्षक संघ अछामद्वारा कांग्रेस राहत संकलन समितिको कोषमा १ लाख ४५ हजार बढी सहयोग जम्मा

शिक्षक संघ अछामद्वारा कांग्रेस राहत संकलन समितिको कोषमा १ लाख ४५ हजार बढी सहयोग जम्मा

असोज २ ,अछाम
नेपाल शिक्षक संघ अछाम जिल्ला कार्यसमितिले रामारोशनको बाढी पहिरो पिडितहरुका लागि १ लाख ४५ हजार १० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

नेपाल शिक्षक संघ चौरपाटी गाउँपालिका बाट ५४ हजार १० रुपैया,रामारोशन गाउँपालिकाबाट २९ हजार रुपैयाँ, साँफेबगर नगरपालिका बाट १० हजार रुपैयाँ, कमलबजार नगरपालिका बाट १० हजार रुपैयाँ, पन्चदेवल विनायक नगरपालिका बाट १० हजार रुपैयाँ, तुर्माखाँद गाउँपालिका बाट १० हजार रुपैयाँ, ढकारी गाउँ पालिका बाट १० हजार रुपैयाँ, मेल्लेख गाउँपालिका बाट ७ हजार रुपैयाँ र बान्निगढी जयगढ गाउँ पालिका बाट ५ हजार रुपैयाँ आर्थिक संकलन गरि हस्तान्तरण गरिएको र शिक्षक संघ मंगलसेन नगरपालिकाले संकलन गरिरहेको शिक्षक संघ अछामले बताएको छ । यही भदौ २ गते रामारोशन क्षेत्रमा आएको बाढी पहिरोका कारण मृतक परिवार तथा अन्य पिडित परिवारका लागि नेपाली कांग्रेसले सन्चालन गरेको राहत संकलन तथा उद्धार समितिको कोषमा उक्त रकम हस्तान्तरण गरिएको राहत संकलन तथा उदार समितिका संयोजक कांग्रेश युवा नेता पुष्प बिष्टले बताउनु भएको छ ।

नेपाल शिक्षक संघ रामारोशनका संयोजक भिम खत्रीको अध्यक्षतामा भएको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक संघ अछाम अध्यक्ष बिष्णु प्रसाद भण्डारी रहनु भएको थियो भने विशिष्ट अतिथि नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल रहनु भएको थियो  ।

कार्यक्रममा शिक्षक महासंघ अछामका अध्यक्ष दिप बहादुर कुवँर शिक्षक संघ जिल्ला सदस्य कृष्ण खड्का ललिता शाह, केन्द्रीय प्रतिनिधि काली बुढा , नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बहादुर विक राहत संकलन समितिका संयोजक पुष्प बिष्ट शिक्षक महासंघ जिल्ला सदस्य कर्ण बुढा बम शाहलगायत शिक्षक संघ आवद्ध शिक्षकहरु को कार्यक्रममा सहभागीता रहेको थियो । शिक्षक हरिप्रसाद खनालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन नेपाल शिक्षक संघ रामारोशनका सचिव निरक शाहले गर्नु भएको थियो । साथै रामारोशनको यो विपत्तिको बेला सहयोगका लागि शिक्षक संघ अछामले सबैमा अपिल समेत गरेको छ ।

प्रतिक्रिया