Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

शिक्षक संघ अछामद्वारा कांग्रेस राहत संकलन समितिको कोषमा १ लाख ४५ हजार बढी सहयोग जम्मा

शिक्षक संघ अछामद्वारा कांग्रेस राहत संकलन समितिको कोषमा १ लाख ४५ हजार बढी सहयोग जम्मा

असोज २ ,अछाम
नेपाल शिक्षक संघ अछाम जिल्ला कार्यसमितिले रामारोशनको बाढी पहिरो पिडितहरुका लागि १ लाख ४५ हजार १० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

नेपाल शिक्षक संघ चौरपाटी गाउँपालिका बाट ५४ हजार १० रुपैया,रामारोशन गाउँपालिकाबाट २९ हजार रुपैयाँ, साँफेबगर नगरपालिका बाट १० हजार रुपैयाँ, कमलबजार नगरपालिका बाट १० हजार रुपैयाँ, पन्चदेवल विनायक नगरपालिका बाट १० हजार रुपैयाँ, तुर्माखाँद गाउँपालिका बाट १० हजार रुपैयाँ, ढकारी गाउँ पालिका बाट १० हजार रुपैयाँ, मेल्लेख गाउँपालिका बाट ७ हजार रुपैयाँ र बान्निगढी जयगढ गाउँ पालिका बाट ५ हजार रुपैयाँ आर्थिक संकलन गरि हस्तान्तरण गरिएको र शिक्षक संघ मंगलसेन नगरपालिकाले संकलन गरिरहेको शिक्षक संघ अछामले बताएको छ । यही भदौ २ गते रामारोशन क्षेत्रमा आएको बाढी पहिरोका कारण मृतक परिवार तथा अन्य पिडित परिवारका लागि नेपाली कांग्रेसले सन्चालन गरेको राहत संकलन तथा उद्धार समितिको कोषमा उक्त रकम हस्तान्तरण गरिएको राहत संकलन तथा उदार समितिका संयोजक कांग्रेश युवा नेता पुष्प बिष्टले बताउनु भएको छ ।

नेपाल शिक्षक संघ रामारोशनका संयोजक भिम खत्रीको अध्यक्षतामा भएको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक संघ अछाम अध्यक्ष बिष्णु प्रसाद भण्डारी रहनु भएको थियो भने विशिष्ट अतिथि नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावल रहनु भएको थियो  ।

कार्यक्रममा शिक्षक महासंघ अछामका अध्यक्ष दिप बहादुर कुवँर शिक्षक संघ जिल्ला सदस्य कृष्ण खड्का ललिता शाह, केन्द्रीय प्रतिनिधि काली बुढा , नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बहादुर विक राहत संकलन समितिका संयोजक पुष्प बिष्ट शिक्षक महासंघ जिल्ला सदस्य कर्ण बुढा बम शाहलगायत शिक्षक संघ आवद्ध शिक्षकहरु को कार्यक्रममा सहभागीता रहेको थियो । शिक्षक हरिप्रसाद खनालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन नेपाल शिक्षक संघ रामारोशनका सचिव निरक शाहले गर्नु भएको थियो । साथै रामारोशनको यो विपत्तिको बेला सहयोगका लागि शिक्षक संघ अछामले सबैमा अपिल समेत गरेको छ ।

प्रतिक्रिया