ताजा अपडेट
अछाममा आरडिटी पोजेटिभ देखाएका आठ जना क्वारेन्टिनबाट भागे
अछाम जिल्लाको चौरपाटी गाउँपालिकाबाट आरडिटी पोजेटिभ देखाएका आठजना क्वारेन्टाईबाट भागेका छन । गाउँपालिकाको वडा नम्बर १ स्थित सिउडी माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका ८ जना आरडिटी पोजेटिभ देखाएका व्यक्तिहरु भागेका हुन ।
गाउँपालिकाको वडा नम्बर १ सिउडीका आठजना नागरिकहरु सोमबार भागेर घर गएका वडा नम्बर १ का वडा अध्यक्ष सालिभान साउदले बताए । उनले भारत बाट आएर सिउडी माध्यमिक विद्यालयमा बसिरहेका आठजना नागरिक क्वारेन्टाईन बाट भागेको बताए ।
उनीहरु मध्ये ६ जनालाई क्वारेन्टाईनमा ल्याईएको छ भने बाँकी दुईजना क्वारेन्टाईनमा आउन नमानेको उनले जानकारी दिए । उनीहरुलाई चौरपाटीमा रहेको प्रहरीले मात्रै ल्याउन नसक्ने भएपछि चौखुट्टेबाट पनि प्रहरी बोलाएको गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले बताए ।
उनीहरु क्वारेन्टाईनमा खान बस्नको राम्रो व्यवस्था नभएको भन्दै भागेको बताईएको छ । उनीहरुको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको र आज परिक्षणका लागि धनगढी पठाईएको गाउँपालिकाका अध्यक्ष साउदले जानकारी दिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया