Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछाममा आरडिटी पोजेटिभ देखाएका आठ जना क्वारेन्टिनबाट भागे

अछाममा आरडिटी पोजेटिभ देखाएका  आठ जना क्वारेन्टिनबाट भागे

अछाम जिल्लाको चौरपाटी गाउँपालिकाबाट आरडिटी पोजेटिभ देखाएका आठजना क्वारेन्टाईबाट भागेका छन । गाउँपालिकाको वडा नम्बर १ स्थित सिउडी माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका ८ जना आरडिटी पोजेटिभ देखाएका व्यक्तिहरु भागेका हुन ।

गाउँपालिकाको वडा नम्बर १ सिउडीका आठजना  नागरिकहरु सोमबार भागेर घर गएका वडा नम्बर १ का वडा अध्यक्ष सालिभान साउदले बताए । उनले भारत बाट आएर सिउडी माध्यमिक विद्यालयमा बसिरहेका आठजना नागरिक क्वारेन्टाईन बाट भागेको बताए ।

उनीहरु मध्ये ६ जनालाई क्वारेन्टाईनमा ल्याईएको छ भने बाँकी दुईजना क्वारेन्टाईनमा आउन नमानेको उनले जानकारी दिए । उनीहरुलाई चौरपाटीमा रहेको प्रहरीले मात्रै ल्याउन नसक्ने भएपछि चौखुट्टेबाट पनि प्रहरी बोलाएको गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले बताए ।

उनीहरु क्वारेन्टाईनमा खान बस्नको राम्रो व्यवस्था नभएको भन्दै भागेको बताईएको छ । उनीहरुको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको र आज परिक्षणका लागि धनगढी पठाईएको गाउँपालिकाका अध्यक्ष साउदले जानकारी दिए ।

प्रतिक्रिया