ताजा अपडेट
कैलालीमा मृत फेला परेकी पत्रकारको हत्या भएको आरोप
कैलाली एफएममा कार्यरत २३ बर्षीया पत्रकार निर्मला पहाराइको हत्या भएको आरोप लागेको छ। उनका परिवारका सदस्यले निर्मलाको हत्या भएको आरोप लगाएका हुन्।शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्मलाका दाई विशाल पहराईले उनको हत्य भएको आरोप लगाए।
‘हत्या गरि झुन्डिएको अवस्थामा शव फेला परेको थियो,’ उनले भने, ‘शव हेर्ने हो भने आत्महात्य होईन भन्ने पुष्टि हुन्छ।’ बहिनीको हत्यामा संलग्नलाई कडा कारबाही हुनु पर्ने उनको माग छ।पहराईको शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको तर घटनाको छानविन नभएसम्म पोष्टमार्टम गर्न नदिने उनले बताए।यस्तै दलित सङ्घ, नेपाल राष्ट्रिय दलित समाज कल्याण नेपाल, मिसन अम्बेडकर र राष्ट्रिय दलित नेटवर्कले विज्ञप्ति जारी गर्दै घटनाका संलग्नहरूलाई कारबाहीको समेत माग गरेका छन्।
घोडाघोडी नगरपालिका वडा नम्वर ४ की पहाराई भदौ ३१ गतेदेखि वेपत्ता थिईन् भने शुक्रवार वडा नम्वर ५ को फुलवारी सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले शवको पोष्टमार्टम हुन नसकेको बताउँदै जाहेरी समेत नआएको बताए।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया