Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कैलालीमा मृत फेला परेकी पत्रकारको हत्या भएको आरोप

कैलालीमा मृत फेला परेकी पत्रकारको हत्या भएको आरोप

कैलाली एफएममा कार्यरत २३ बर्षीया पत्रकार निर्मला पहाराइको हत्या भएको आरोप लागेको छ। उनका परिवारका सदस्यले निर्मलाको हत्या भएको आरोप लगाएका हुन्।शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्मलाका दाई विशाल पहराईले उनको हत्य भएको आरोप लगाए।

‘हत्या गरि झुन्डिएको अवस्थामा शव फेला परेको थियो,’ उनले भने, ‘शव हेर्ने हो भने आत्महात्य होईन भन्ने पुष्टि हुन्छ।’ बहिनीको हत्यामा संलग्नलाई कडा कारबाही हुनु पर्ने उनको माग छ।पहराईको शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको तर घटनाको छानविन नभएसम्म पोष्टमार्टम गर्न नदिने उनले बताए।यस्तै दलित सङ्घ, नेपाल राष्ट्रिय दलित समाज कल्याण नेपाल, मिसन अम्बेडकर र राष्ट्रिय दलित नेटवर्कले विज्ञप्ति जारी गर्दै घटनाका संलग्नहरूलाई कारबाहीको समेत माग गरेका छन्।

घोडाघोडी नगरपालिका वडा नम्वर ४ की पहाराई भदौ ३१ गतेदेखि वेपत्ता थिईन् भने शुक्रवार वडा नम्वर ५ को फुलवारी सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले शवको पोष्टमार्टम हुन नसकेको बताउँदै जाहेरी समेत नआएको बताए।

प्रतिक्रिया