Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कैलालीका ११ सहित सुदूरपश्चिमका थप ३९ जनामा कोरोना पुष्टि

कैलालीका ११ सहित सुदूरपश्चिमका थप ३९ जनामा कोरोना पुष्टि

शनिवार सुदूरपश्चिम प्रदेशका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दार्चुलाका २१, कैलालीका ११, डडेल्धुराका तीन, बैतडी र बझाङका दुई÷दुई जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ९३ जनाको कोरोना परीक्षण भएकोमा १३ जनामा संक्रमण पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १२ का चार जना, धनगढी उप–महानगरपालिका वडा नम्वर १ का तीन जना, वडा नम्वर ८ का दुई जना, वडा नम्वर २ का एक जना र जानकी गाउँपालिका वडा नम्वर ६ का एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार बझाङको खप्तड छान्नाका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ।

उता डडेल्धुरामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले शुक्रबार एक सय ८६ जनाको नमूना परीक्षण गर्दा डडेल्धुरा, बैतडी र दार्चुलाका २६ जनामा संक्रमण पुष्टि भएको बताए।उनका अनुसार दार्चुलाको मार्मा गाउँपालिकाका २० जना, महाकाली नगरपालिकाका एक जना, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका दुई जना, अमरगढी नगरपालिकाका एक जना र बैतडीको पाटन नगरपालिकाका दुईजनामा संक्रमण पुष्टि भएको हो।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय १२ जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार सात सय ७५ पुगेको छ। संक्रमण पुष्टि भएका ५ हजार सात सय २४ जनाले कोरोना जितेको दावी गरिएको छ भने १५ जनाको मृत्यु भएको छ। 

प्रतिक्रिया