Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कैलालीका ११ सहित सुदूरपश्चिमका थप ३९ जनामा कोरोना पुष्टि

कैलालीका ११ सहित सुदूरपश्चिमका थप ३९ जनामा कोरोना पुष्टि

शनिवार सुदूरपश्चिम प्रदेशका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दार्चुलाका २१, कैलालीका ११, डडेल्धुराका तीन, बैतडी र बझाङका दुई÷दुई जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ९३ जनाको कोरोना परीक्षण भएकोमा १३ जनामा संक्रमण पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १२ का चार जना, धनगढी उप–महानगरपालिका वडा नम्वर १ का तीन जना, वडा नम्वर ८ का दुई जना, वडा नम्वर २ का एक जना र जानकी गाउँपालिका वडा नम्वर ६ का एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार बझाङको खप्तड छान्नाका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ।

उता डडेल्धुरामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले शुक्रबार एक सय ८६ जनाको नमूना परीक्षण गर्दा डडेल्धुरा, बैतडी र दार्चुलाका २६ जनामा संक्रमण पुष्टि भएको बताए।उनका अनुसार दार्चुलाको मार्मा गाउँपालिकाका २० जना, महाकाली नगरपालिकाका एक जना, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका दुई जना, अमरगढी नगरपालिकाका एक जना र बैतडीको पाटन नगरपालिकाका दुईजनामा संक्रमण पुष्टि भएको हो।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय १२ जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार सात सय ७५ पुगेको छ। संक्रमण पुष्टि भएका ५ हजार सात सय २४ जनाले कोरोना जितेको दावी गरिएको छ भने १५ जनाको मृत्यु भएको छ। 

प्रतिक्रिया