Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

धनगढी–काठमाडौँ हवाई उडान ५ गतेदेखि, पहाडी जिल्लामा उडान भर्न परीक्षणको तयारी

धनगढी–काठमाडौँ हवाई उडान ५ गतेदेखि, पहाडी जिल्लामा उडान भर्न परीक्षणको तयारी

कोरोना भाईरसको संक्रमण रोकथामका लागि ६ महिनादेखि बन्द रहेको हवाइ उडान फेरी सुरु गर्ने तयारी भएको छ। धनगढी–काठमाडौँ–धनगढी पनि असोज ५ गतेदेखि हवाइ उडान सुरु हुने भएको छ।धनगढी विहानस्थलका प्रमुख तेजवहादुर बुढथापाले ५ गतेदेखि विमान कम्पनीले उडान भर्ने तयारी थालेको जानकारी दिए। ‘बुद्ध एयरले ५ गतेदेखि धनगढी–काठमाडौँ उडानका लागि तयारी अवस्थामा रहेको जानकारी दिएको छ,’ बुढथापाले दिनेश खवरलाई भने, ‘श्री एयरलाइन्सले भने केही दिन ढिलो गरी उडान भर्ने जानकारी दिएको छ।’ 

यसअघि धनगढी–काठमाडौ–धनगढी उडान भर्दै आएको नेपाल एयरलाईन्सले भने धनगढी विमानस्थलबाट आफ्नो काउण्टर हटाइसकेको विमानस्थल प्रमुख बुढथापाले बताए। उनका अनुसार केही समयपछि सौर्य एयरलाईन्सले भने फेरी धनगढीका लागि नियमित उडान भर्ने तयारी थालेको छ।केही बर्ष अगाडिसम्म सौर्य एयरलाईन्सले धनगढीका लागि उडान भर्दै आएकोमा पछि बन्द गरेको थियो। विमानस्थल प्रमुख बुढथापाले धनगढी–बाजुरा उडान भने सुरु भईसकेको जानकारी दिए।

‘समिट एयरले बाजुराका लागि चाटर्ड उडान गर्दै आएको छ,’ बुढथापाले दिनेश खवरलाई भने, ‘डोटी, बैतडी र बझाङ जिल्लामा पनि विमानस्थल निर्माण भएकाले केही दिनमै परीक्षण उडानको तयारी छ।’ स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान सुरू गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको थियो। कोरोना भाईरसको रोकथामका लागि चैत ११ गतेदेखि आन्तरिक हवाई उडान बन्द छ। अन्तर्राष्ट्रिय उडान भने यसअघि नै सर्तसहित खुलिसकेको छ।

प्रतिक्रिया