Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

धनगढी–काठमाडौँ हवाई उडान ५ गतेदेखि, पहाडी जिल्लामा उडान भर्न परीक्षणको तयारी

धनगढी–काठमाडौँ हवाई उडान ५ गतेदेखि, पहाडी जिल्लामा उडान भर्न परीक्षणको तयारी

कोरोना भाईरसको संक्रमण रोकथामका लागि ६ महिनादेखि बन्द रहेको हवाइ उडान फेरी सुरु गर्ने तयारी भएको छ। धनगढी–काठमाडौँ–धनगढी पनि असोज ५ गतेदेखि हवाइ उडान सुरु हुने भएको छ।धनगढी विहानस्थलका प्रमुख तेजवहादुर बुढथापाले ५ गतेदेखि विमान कम्पनीले उडान भर्ने तयारी थालेको जानकारी दिए। ‘बुद्ध एयरले ५ गतेदेखि धनगढी–काठमाडौँ उडानका लागि तयारी अवस्थामा रहेको जानकारी दिएको छ,’ बुढथापाले दिनेश खवरलाई भने, ‘श्री एयरलाइन्सले भने केही दिन ढिलो गरी उडान भर्ने जानकारी दिएको छ।’ 

यसअघि धनगढी–काठमाडौ–धनगढी उडान भर्दै आएको नेपाल एयरलाईन्सले भने धनगढी विमानस्थलबाट आफ्नो काउण्टर हटाइसकेको विमानस्थल प्रमुख बुढथापाले बताए। उनका अनुसार केही समयपछि सौर्य एयरलाईन्सले भने फेरी धनगढीका लागि नियमित उडान भर्ने तयारी थालेको छ।केही बर्ष अगाडिसम्म सौर्य एयरलाईन्सले धनगढीका लागि उडान भर्दै आएकोमा पछि बन्द गरेको थियो। विमानस्थल प्रमुख बुढथापाले धनगढी–बाजुरा उडान भने सुरु भईसकेको जानकारी दिए।

‘समिट एयरले बाजुराका लागि चाटर्ड उडान गर्दै आएको छ,’ बुढथापाले दिनेश खवरलाई भने, ‘डोटी, बैतडी र बझाङ जिल्लामा पनि विमानस्थल निर्माण भएकाले केही दिनमै परीक्षण उडानको तयारी छ।’ स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान सुरू गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको थियो। कोरोना भाईरसको रोकथामका लागि चैत ११ गतेदेखि आन्तरिक हवाई उडान बन्द छ। अन्तर्राष्ट्रिय उडान भने यसअघि नै सर्तसहित खुलिसकेको छ।

प्रतिक्रिया