ताजा अपडेट
झण्डै ६ महिनापछि सार्वजनिक सवारी साधन सञ्चालन भएसँगै ट्राफिक प्रहरीको सक्रियता
सुदूरपश्चिममा झण्डै ६ महिनापछि लामो दुरीका सवारी साधन सञ्चालनमा आएसँगै ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । कोरोना महामारीको जोखिमलाई न्यनिकरण गर्न सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले चेकजाँचमा सक्रियता देखाएको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले लोमो दुरीका सवारी साधन चालक र सह चालकहरुलाई सुरक्षित रहेर गाडी चलाउन आग्रह गरेको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीको अभिलासा, प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा स्थानिय तहको सहभागिता भन्ने मुल नारालाई आत्मसाथ गर्दै यात्रुहरुको सडक सुरक्षा एवं स्वास्थ्य सुरक्षा प्रति ट्राफिक प्रहरी सदैव सचेत रहेको बताईएको छ ।
साथै सवारी साधनमा यात्रा गर्ने सर्वसाधारण यात्रुहरुलाई अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्न आग्रह गरिएको छ ।
यस्तै सवारी साधन चालक र सहचालकलाई सामाजिक दुरी कायम गरि सुरक्षित साथ यात्रुहरुलाई ल्याउन लैजान र मैत्रीपुर्ण ब्यवहार गर्न भन्दै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया