Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली कांग्रेस अछामद्धारा सरकारलाई ध्यानाकर्षण पत्र पेश

नेपाली कांग्रेस अछामद्धारा सरकारलाई ध्यानाकर्षण पत्र पेश

नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामले सरकारलाई ध्यानाकर्षण पत्र पठाएको छ । कांग्रेस अछामका जिल्ला सचिव नम बहादुर शाहीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय अछाम मार्फत ध्यानाकर्षण पत्र पठाईएको हो ।

कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै कांग्रेसले सचेत गराउन प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण पत्र पठाईएको जिल्ला सचिव शाहीले बताए । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी ढंगले काम गर्न नसक्दा स्थिति भयाभव हुन थालेको ठहर गर्दै ध्यानाकर्षण पत्र बुझाईएको शाहीले उल्लेख गरे ।

देशका ७७ वटै जिल्ला मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश विदेशबाट ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अनुसार अछाम जिल्ला कार्य समितीले पनि ज्ञापन पत्र बुझाएको कांग्रेस अछामका सहसचिव एवं प्रवक्ता बेदप्रकाश तिमिल्सैनाले जानकारी दिए ।

ज्ञापन पत्र पेश गर्ने कार्यक्रममा पूर्व पार्टी सभापति पुष्प बहादुर शाह लगायत जिल्ला स्थित पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको समेत तिमिल्सैनाले बताए ।

यस्तै अछाम सहित ७७ वटै जिल्ला कार्य समितिले प्रमुख जिल्ला अधिकारी मार्फत, प्रदेशमा प्रदेश संसदीय दलमार्फत तथा विदेशबाट जनसम्पर्क समितिहरुले दूतावासमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

लकडाउनको समयलाई सरकारले दुरुपयोग गरेको समेत काँग्रेसले गठन गरेको कोभिड १९ अनुगमन समितिले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया