Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

नेपाली कांग्रेस अछामद्धारा सरकारलाई ध्यानाकर्षण पत्र पेश

नेपाली कांग्रेस अछामद्धारा सरकारलाई ध्यानाकर्षण पत्र पेश

नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामले सरकारलाई ध्यानाकर्षण पत्र पठाएको छ । कांग्रेस अछामका जिल्ला सचिव नम बहादुर शाहीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय अछाम मार्फत ध्यानाकर्षण पत्र पठाईएको हो ।

कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै कांग्रेसले सचेत गराउन प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण पत्र पठाईएको जिल्ला सचिव शाहीले बताए । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी ढंगले काम गर्न नसक्दा स्थिति भयाभव हुन थालेको ठहर गर्दै ध्यानाकर्षण पत्र बुझाईएको शाहीले उल्लेख गरे ।

देशका ७७ वटै जिल्ला मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश विदेशबाट ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम अनुसार अछाम जिल्ला कार्य समितीले पनि ज्ञापन पत्र बुझाएको कांग्रेस अछामका सहसचिव एवं प्रवक्ता बेदप्रकाश तिमिल्सैनाले जानकारी दिए ।

ज्ञापन पत्र पेश गर्ने कार्यक्रममा पूर्व पार्टी सभापति पुष्प बहादुर शाह लगायत जिल्ला स्थित पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको समेत तिमिल्सैनाले बताए ।

यस्तै अछाम सहित ७७ वटै जिल्ला कार्य समितिले प्रमुख जिल्ला अधिकारी मार्फत, प्रदेशमा प्रदेश संसदीय दलमार्फत तथा विदेशबाट जनसम्पर्क समितिहरुले दूतावासमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

लकडाउनको समयलाई सरकारले दुरुपयोग गरेको समेत काँग्रेसले गठन गरेको कोभिड १९ अनुगमन समितिले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया