Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

संविधान दिवसको अवसरमा ने वि संघ अछाम द्वारा दिप प्रज्वलन

संविधान दिवसको अवसरमा ने वि संघ अछाम द्वारा दिप प्रज्वलन

नेपाल विध्यार्थी संघ अछामले संविधान दिवसको अवसर मा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस को छेत्रीयपार्टी कार्यालय साँफेबगरमा आयोजना गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस अछामका पार्टी सभापती भरतकुमार स्वाँर रहनु भएको थियो नेपाली काङ्ग्रेस अछामका सभापती भरत कुमार स्वाँरले नेपालको संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको स्मरण गराउदै संविधान दिवसकोअवसरमा सबैलाई  शुभकामना व्यक्त गर्नु भएको छ । 

नेपाल विध्यार्थी संघ अछामले संविधान दिवस को  अवसरमा  दिप  प्रज्वलन  कार्यक्रमका  प्रमुख अतिथि सभापती स्वारले नेपाली कांग्रेसको नेतृत्वमा जारीगरिएको संविधानमा आहिलेको सरकारले संविधानको मर्यादा विपरित निर्णय गरिरहेको कुरा स्पष्ट पार्नुभयो ।संविधानको मर्यादाविपरित चुनाव हारेकालाई राष्ट्रीय सभा सदस्यमा मनोनित गर्ने कार्य अत्यन्तै निन्दनिय भएको उहाँले बताउनु भयो ।

त्रिपुरा सुन्दरी क्याम्पसका स्व वि यु सभापती भिम बहादुर कुँवर को अध्यक्षता मा सम्पन्न भएको दीप प्रज्वलन कार्यक्रमका बिशिष्टअतिथी महासमिती सदस्य राजन कुँवर, जिल्ला  कार्य समिती सदस्य कालु कुँवर, जिल्ला कार्य समिती सदस्य राम बहादुर कुँवर, नेपाली कांग्रेस छेत्रीय सभापती कृष्ण बहादुर बुढा, नेपाली कांग्रेसका नगर सचिव कृष्ण कुँवर,महिला संजालकि अध्यक्ष अप्सराकुँवर र ने वि संघ अछामका उपाध्यक्ष खडक बिष्ट रहनु भएको थियो । ने वि संघ अछामका नेता उमेश कुँवरले संन्चालन गर्नुभएकोकार्यक्रममा स्वागत मन्तव्य ने वि संघ अछामका नेता सुशिल कुँवरले राख्नु भएको थियो । कार्यक्रम मा ने वि संघका हिमाल कुँवर, कुबेर कुँवर, लक्ष्मी बोगटी, अशोक कुँवर, जनक उपाध्याय लगाएत को सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ