ताजा अपडेट
गौरीफन्टामा निःशुल्क खानापानी अभियान सञ्चालन
धनगढी उप-महानगरपालिकाले नेपाल-भारत सिमा नाका गौरीफन्टामा निःशुल्क खानापानी अभियान सञ्चालन गरेको छ । उप-महानगरपालिकाले भारतबाट नेपाल फर्कने नागरिकहरुलाई मध्येनजर गर्दै गौरीफन्टा नाकामा आजबाट निःशुल्क खानापानी अभियान सञ्चालन गरेको हो ।
उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको खानापानी अभियानको व्यवस्थापन आदर्श नव युवा क्लबले गरेको छ । कोरोना भाईरसको डर र दशैतिहार मनाउन घर फर्कने नागरिकहरुका लागि गौरीफन्टा सीमा नाकामा आजदेखि निःशुल्क खानापानी अभियान सञ्चालन गरिएको क्लबका अध्यक्ष निराजन खड्काले जानकारी दिए ।
उनले उपमहानगरपालिकाले सञ्चालन गरेको अभियानमा क्लबले व्यवस्थापनको काम गरिरहेको बताए । आज भारतबाट नेपाल फर्किएका करिब २ सय जना भन्दा बढीलाई निःशुल्क खानापानी वितरण गरेको क्लबका अध्यक्ष खड्काको भनाई छ ।
यस्तै क्लबले चना, अन्डा र मासु लगायतका पोसिलो आहार खुवाउने प्रतिबद्धता समेत जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया