ताजा अपडेट
गौरीफन्टामा निःशुल्क खानापानी अभियान सञ्चालन
धनगढी उप-महानगरपालिकाले नेपाल-भारत सिमा नाका गौरीफन्टामा निःशुल्क खानापानी अभियान सञ्चालन गरेको छ । उप-महानगरपालिकाले भारतबाट नेपाल फर्कने नागरिकहरुलाई मध्येनजर गर्दै गौरीफन्टा नाकामा आजबाट निःशुल्क खानापानी अभियान सञ्चालन गरेको हो ।
उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको खानापानी अभियानको व्यवस्थापन आदर्श नव युवा क्लबले गरेको छ । कोरोना भाईरसको डर र दशैतिहार मनाउन घर फर्कने नागरिकहरुका लागि गौरीफन्टा सीमा नाकामा आजदेखि निःशुल्क खानापानी अभियान सञ्चालन गरिएको क्लबका अध्यक्ष निराजन खड्काले जानकारी दिए ।
उनले उपमहानगरपालिकाले सञ्चालन गरेको अभियानमा क्लबले व्यवस्थापनको काम गरिरहेको बताए । आज भारतबाट नेपाल फर्किएका करिब २ सय जना भन्दा बढीलाई निःशुल्क खानापानी वितरण गरेको क्लबका अध्यक्ष खड्काको भनाई छ ।
यस्तै क्लबले चना, अन्डा र मासु लगायतका पोसिलो आहार खुवाउने प्रतिबद्धता समेत जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया