Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सुदूरपश्चिममा ७६९ प्रहरी पुरस्कृत, आचरण विपरीत काम गर्ने १६५ प्रहरीमाथि कारवाही

सुदूरपश्चिममा ७६९ प्रहरी पुरस्कृत, आचरण विपरीत काम गर्ने १६५ प्रहरीमाथि कारवाही

सुदूरपश्चिम प्रदेशमा पेशागत मर्यादा विपरीत काम गर्ने डेढ सय बढि प्रहरी कारवाहीमा परेका छन्।

गत वर्ष प्रदेशका ९ वटै जिल्लामा रहेका विभिन्न प्रहरी कार्यालयमा कार्यरत एक सय ६५ जना प्रहरी कारवाहीमा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवंम् प्रहरी निरिक्षक दिपक पातलीले जानकारी दिए।

उनका अनुसार यसरी कारवाहीमा पर्नेमा कार्यालय सहयोगीदेखि प्रहरी निरिक्षक सम्मका प्रहरी कर्मचारी रहेका छन्। उनीहरुलाई समान्यदेखि बर्खास्त सम्मको कारवाही गरिएको प्रहरी निरिक्षक पातलीले जनाए।

यस्तै आर्थिक वर्ष २०७६÷७७ मा सात सय ६९ जना प्रहरी पुरस्कृत भएका छन्। प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी पातलीका अनुसार पेशागत मर्यादा अनुसार काम गर्ने कार्यालय सहयोगी देखि वरिष्ठ प्रहरी उपरिक्षक सम्मका प्रहरी कर्मचारी रहेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले राम्रो काम गर्नेलाई पुरस्कृत र गतल गर्नेलाई दण्डीत गर्ने नीतिअनुसार कारवाही र पुरस्कृत गरिदै आएको बताए।

उनले राम्रोलाई कामप्रती थप प्रोत्साहित र उत्प्रेरित गर्न पुरस्कृत गर्दै आएको बताउँदै पेशागत मर्यादा विपरीत काम दण्डीत हुने भएकाले  गलत काम गर्न नहुने तर्फ सबै प्रहरी कर्मचारीलाई सचेत गराउन विभागिय कारवाही गरिदै आएको जानकारी दिए। 

प्रतिक्रिया