Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

धनगढीमा अधिकांश कोठाहरु खाली, ऋण काढेर घर बनाएकाहरु समस्यामा

धनगढीमा अधिकांश कोठाहरु खाली, ऋण काढेर घर बनाएकाहरु समस्यामा

कोरोना भाइरस न्युनिकरण गर्न सरकारले जारी गरेको बन्दाबन्दी पछि धनगढीका अधिकांश कोठा र सटरहरु खाली भएका छन । करिब ४ महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाले समस्यामा परेका नागरिकहरुले कोठा नै छोडेर घर गएका छन ।

अध्ययनका लागि धनगढी आएका विद्यार्थी र अन्य कामले यहाँ रहेका नागरिकहरु गाउँ फर्किएपछि अहिले कोठा र फ्ल्याटहरु खाली भएका हुन । सुदूरपश्चिमका पहाडी जिल्लाबाट अध्ययनका लागि धनगढी आएका अधिकांश विद्यार्थीहरु घर फर्किए पछि यहाँ कोठाहरु खाली भएका हुन ।

लकडाउनले गर्दा आर्थिक समस्या हुन थालेपछि विद्यार्थीहरुले कोठा नै छोड्नु पर्ने बाध्यता आएको कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थी आभाष उपाध्ययले बताए ।

‘लकडाउनले गर्दा पढाई प्रभावित भयो,‘उनले भने,‘ कतिपय घरबेटीले कोठाको भाडामा समेत छुट दिएनन् ।’ विद्यार्थीहरुलाई खानाको समेत समस्या भएका बेला कहाँबाट घरबेटीको कोठाभाडा तिर्न सक्नु त्यसैले आफुहरु कोठा छोड्न बाध्य भएको बताए । 

यस्तै अर्का विद्यार्थी गणेश विनाडीले पनि विद्यार्थीहरुले कोठाभाडा तिर्न सक्ने अवस्था नभएकाले कोठा छोड्नु पर्ने बाध्यता आएको गुनासो गरे । उनले भने, विद्यार्थीहरुलाई कुनै पनि निकायले सहयोग नगर्दा समस्यामा परेका र पछि गएर कोठा नै छोड्नु पर्ने अवस्थामा पुगेका हुन ।’ करिब ६ महिना सम्मको कोठाभाडा ३ हजारको दरले झण्डै १५ हजार सम्म पुग्ने भएकाले विद्यार्थीहरुलाई खर्च जुटाउन गाह्रो भएको हो । 

आफु बस्ने कोठाको कोठाभाडा कसरी तिर्ने भन्दैं कतिपय विद्यार्थीहरु मानसिक तनावमा समेत रहेको विनाडीको भनाई छ । प्रदेशकै प्रमुख शहरका रुपमा रहेको धनगढीमा पहाडी सात जिल्लाका विद्यार्थीहरु अध्ययन गर्दै आएका छन । तर अहिले कोरोनाको महामारीले विद्यार्थीहरु गाउँघरमा खेतीपातीमा व्यस्त छन । कतिपय विद्यार्थीहरु कुखुरा पालन गदंै आएका छन भने कतिपय तरकारी खेतीमा रमाएका छन । 

यस्तै धनगढीमै व्यापार व्यवसाय गर्दै आएका व्यापारी पनि व्यापार व्यवसाय धरासायी बन्न थालेपछि कतिपय सटरहरु समेत खाली गरेर घर फर्किएका छन । होटल, रेष्टुरेण्ट, होस्टल देखि अधिकांश व्यवसाय गर्ने व्यवसायीले व्यवसाय नै बन्द गरेर घर खाली गराएका छन् । धनगढीको मुख्य बजारमा समेत सटरहरु खाली भएको सुचनाहरु देख्न सकिन्छ । 

भने विद्यार्थीहरुले भरीभराउ धनगढीका घरधनीहरुका कोठा पनि खाली अवस्थामा छन । पहिले महंगो मुल्यमा कोठा भाडामा दिने घरधनीहरु अहिले सस्तो मुल्यमा कोठा भाडामा दिदाँ पनि कोहीँ नआएको गुनासो गर्न थालेका छन ।

भाडामा बस्नेहरुको संख्या घट्दै गएपछि ऋण काढेर घर बनाएकाहरुलाई भने समस्या देखिएको छ । यता धनगढी उप–महानगरपालिकाले कोठाभाडा लगायत छुट गर्ने घरधनीलाई करमा छुट दिने निर्णय गरेको छ ।

प्रतिक्रिया