Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

अस्पताल लगिए पनि डा‍. केसीले उपचार लिन मानेनन्

अस्पताल लगिए पनि डा‍. केसीले उपचार लिन मानेनन्

चिकित्साशिक्षा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम तत्काल सञ्चालन गरिनुपर्ने माग राखी अनशनरत डा. गोविन्द केसीलाई शनिबार राति प्रहरीले अस्पताल ल्याए पनि उनले उपचार लिन मानेका छैनन् । 

अनशन स्थलबाट प्रहरीले केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा पुर्‍याएको थियो । माग पूरा गर्नुको सट्टा अपहरण शैलीमा अस्पताल लगिएको भन्दै उनले कुनै उपचार नलिने अडान राखेका छन् ।अनशनको सातौं दिन आइतबार उनले अस्पतालको शय्याबाटै आफ्नो १९औं सत्याग्रह जारी रहेको जनाएका छन् । केसीको स्वास्थ्य बिग्रँदै गएपछि शनिबार दिउँसो नै चिकित्सकले अस्पताल लैजान सुझाव दिएका थिए ।

उपचारमा संलग्न प्रतिष्ठानको चिकित्सक टोलीले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको जनाएको छ । ‘हिजो (शनिबार) सम्म दिनमा तीनपटक सामान्य स्वास्थ्य जाँच गरिरहेकोमा अस्पताल ल्याएपछि कुनै खालको स्वास्थ्य जाँच लिन मान्नुभएको छैन,’ डा. प्रवीण गिरीले भने, ‘प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजन, पिसाबको मात्रालगायत कुनै पनि जाँच गर्न सकिएको छैन ।’ 

केसीको रगतमा चिनीको मात्रा अति कम भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने अवस्था रहेको भन्दै उनले रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा पनि बढेर गएको बताए । प्रतिष्ठानले केसीको उपचारमा गिरीसँगै डा. धीरज गुरुङ, डा. अनुप मंगल समाल र सविना थापालाई खटाएको छ ।

प्रतिक्रिया