Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अस्पताल लगिए पनि डा‍. केसीले उपचार लिन मानेनन्

अस्पताल लगिए पनि डा‍. केसीले उपचार लिन मानेनन्

चिकित्साशिक्षा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम तत्काल सञ्चालन गरिनुपर्ने माग राखी अनशनरत डा. गोविन्द केसीलाई शनिबार राति प्रहरीले अस्पताल ल्याए पनि उनले उपचार लिन मानेका छैनन् । 

अनशन स्थलबाट प्रहरीले केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा पुर्‍याएको थियो । माग पूरा गर्नुको सट्टा अपहरण शैलीमा अस्पताल लगिएको भन्दै उनले कुनै उपचार नलिने अडान राखेका छन् ।अनशनको सातौं दिन आइतबार उनले अस्पतालको शय्याबाटै आफ्नो १९औं सत्याग्रह जारी रहेको जनाएका छन् । केसीको स्वास्थ्य बिग्रँदै गएपछि शनिबार दिउँसो नै चिकित्सकले अस्पताल लैजान सुझाव दिएका थिए ।

उपचारमा संलग्न प्रतिष्ठानको चिकित्सक टोलीले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको जनाएको छ । ‘हिजो (शनिबार) सम्म दिनमा तीनपटक सामान्य स्वास्थ्य जाँच गरिरहेकोमा अस्पताल ल्याएपछि कुनै खालको स्वास्थ्य जाँच लिन मान्नुभएको छैन,’ डा. प्रवीण गिरीले भने, ‘प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजन, पिसाबको मात्रालगायत कुनै पनि जाँच गर्न सकिएको छैन ।’ 

केसीको रगतमा चिनीको मात्रा अति कम भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने अवस्था रहेको भन्दै उनले रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा पनि बढेर गएको बताए । प्रतिष्ठानले केसीको उपचारमा गिरीसँगै डा. धीरज गुरुङ, डा. अनुप मंगल समाल र सविना थापालाई खटाएको छ ।

प्रतिक्रिया