ताजा अपडेट
कात्तिक ७ गतेभित्र विदेशी च्यानल विज्ञापनरहित बनाउन सरकारलाई निर्देशन
संसदीय समितिले आउँदो कात्तिक ७ गतेभित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन दिएको छ ।
राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार आउँदो कात्तिक ७ गतेभित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।
संसद्को विकास तथा प्रविधि समितिले २०७७ कार्तिक ७ गतेभित्र बोर्ड गठन गरी ऐनको दफा ६ अनुसार डाउनलिङ्क अनुमति लिएर नेपालमा प्रसारणमा रहेका टिभी च्यानलहरुलाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
विज्ञापनरहित हुन नसक्ने च्यानलहरुको प्रसारण रोक्न मन्त्रालयले बनाएका कार्ययोजना १५ दिनभित्र समितिमा पेस गर्न पनि निर्देशन दिइएको समिति सभापति कल्याणीकुमारी खड्काले बताउनुभयो ।
ऐन कार्यान्वयनमा आएपछि विदेशी च्यानलहरुको प्रसारण रोकिँदा पर्ने सकारात्मक र नकारात्मक प्रभावको बारेमा पनि मन्त्रालयको धारणा १५ दिनभित्र पेस गर्न समितिले निर्देशन दिएको छ ।
समितिमा सोमबार विज्ञहरु र सञ्चार मन्त्रालयका पदाधिकारीहरुसँगको छलफलपछि स्वदेशी टिभीलाई प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी टिभीको प्रसारणमा नेपाली विज्ञापन नराख्न पनि निर्देशन दिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया