Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

रामाराेशनकाे सडक पुन:निर्माणका लागि सुदुरपश्चिमका दुई मन्त्रीद्वारा मुजाबगरमा अन्तरक्रिया

रामाराेशनकाे सडक पुन:निर्माणका लागि सुदुरपश्चिमका दुई मन्त्रीद्वारा मुजाबगरमा अन्तरक्रिया

हाेम साउद, ५ असाेज मुजाबगर ।

यहि भाद्र २ गते राति कैलाशखाेलामा आएको  बाढिपहिराेले क्षति गरेकाे सडक पुनःनिर्माणका लागि रामाराेशन गाउपालिकामा अन्तरक्रिया सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बाेहरा र आर्थिक मामिला तथा याेजना मन्त्री झपट बाेहरा सहितकाे टाेलिले मुजाबगरमा स्थानीय र सराेकारवाला संग अन्तरक्रिया गरेकाे हाे । जयगढ-रामाराेशन सडक खण्डको शिला पक्की पुल देखि मुजाबगर हुदै सैनी सम्मकाे नदिले कटान गरेकाे सडक क्षेत्रकाे निरिक्षण सहित सडक खण्डमा पुगेको क्षतिकाे अवस्था, सडक निर्माणकाे बैकल्पिक ब्यावस्था लगायतका विषयमा अन्तरक्रिया गरिएको छ ।

अन्तरक्रियामा बाेल्दै भाैतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बाेहराले बिपदबाट क्षति भईसकेपछि अब निरासा पालेर बस्न सकिने अवस्था नरहेकाे बताउनुभयो । स्थानीय जनताको माग र रामाराेशन क्षेत्रकाे अावश्यकतालाई मध्यनजर गर्दै पूर्वाधारका क्षेत्रमा भएको नाेक्सानीलाई पुर्ति गर्नेगरि बजेटकाे ब्यावस्थापन गरिने बताउनुभयो । जयगढ रामाराेशन सडक खण्डलाई सुचारु गर्नका लागि निरन्तर लागिरहेकाे र सडक बनाएरै छाेड्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । निर्माणाधीन सडकलाई बाढिपहिराेले अझ राम्रोसँग बनाउ भन्ने संकेत गरेकाे भन्दै जुनसुकै हालतमा पनि सडक बन्नुपर्ने उल्लेख गर्नुभयो । तिनै तहका सरकारहरुले समन्वयात्मक रुपमा पुननिर्माण कार्य अगाडि बढ्ने र प्रदेश सरकार भाैतिक पूर्वाधार विकास मन्त्रालयले गर्नुपर्ने काममा कुनै कमि नहुने जानकारी गराउनुभयाे । यस्तै आर्थिक मामिला तथा याेजना मन्त्री झपट बाेहराले याे बाटाेकाे बिकल्प खाेजिदि औचित्यपुष्टि हुनुपर्नेमा जाेड दिनुभयो । ५/१० मिटर तलमाथि गएपनि यहि बाटाेलाई १५ दिनभित्रै अगाडि बढाउनेगरि अगाडि बढ्न निर्माणब्यावसायिलाई निर्देशन दिनुभयो । छिटोभन्दा छिटाे यहि बाटाेलाई अगाडि बढ्नुपर्ने बताउदै मन्त्री बाेहराले त्यसका लागि अाफु पूर्णरूपमा तयार रहेकाे बताउनुभयो । पार्टी पंक्ति स्थानीय तह र सबै सराेकारवालाहरुले सडक निर्माण कार्य अगाडि बढाउन आ आफ्नाे तर्फबाट सहयाेग गर्नुपर्ने बताउनुभयो । रामाराेशन गाउपालिका अध्यक्ष झंकर साउदले ताेकिएकाे रुटमा सडक कालाेपत्रेकाे लागि ३ वर्षभित्रै काम सम्पन्न गर्नका लागि निर्माण ब्यावसायिहरुले काम गरिदिनुपर्ने, रामाराेशन क्षेत्रमा २ वटा पक्की पुलकाे प्रक्रिया अगाडि बढाउन र अपुग बजेटकाे ब्यावस्थापनका लागि प्रदेश सरकारलाई अनुराेध गर्नुभयो ।

अन्तरक्रियामा पूर्वाधार विकास निर्देशनालयका निर्देशक प्रेमदत्त भट्टले अहिलेकै अवस्थामा यहि रुटमा काम अघि बढाउन सकिने वा नसकिने भन्न नसकिने बताउनुभयो । तर काम गराउने निकायकाे हैसियतले यहि रुटमा पनि र बैकल्पिक रुटमा पनि जान तयार रहेकाे बताउनुभयो । पुरानैमा सडक बनाउदा पनि थप बजेट अावश्यक पर्ने र नयाँमा जाद पनि जग्गाकाे आवश्यक पर्ने उल्लेख गर्नुभयो । यस्तै पूर्वाधार कार्यालय अछामका प्रमुख जंगबहादुर थापाले जयगढ-माझेठाना-रामाराेशन सडक खण्डमा ४३ किलाेमिटर सडक कालाेपत्रेका लागि काम भईरहेकाेमा शिलापुल देखि सैनिसम्मकाे १२ किलोमिटर सडक ८० प्रतिशत सडक तहसनहस भएको जानकारी गराउनुभएकाे थियाे । अहिले क्षति भएको ठाउमा आरसिसि सहितको सडक बनाउने गरि थप स्टमेट भैरहेकाे जानकारि गराउनुभएकाे थियाे । अन्तरक्रियामा सहभागी स्थानीय सराेकारवालाहरुले छाेटाे र सबै वडालाई समेट्ने भएकोले पुरानै रुटमा सडक छिटोभन्दा छिटाे निर्माण गरि कालाेपत्रे गरिनुपर्ने बताएका थिए ।

अन्तरक्रियामा नेकपा जिल्ला सचिव झपट साउद, मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बाेहरा, बान्निगढि जयगढ गाउपालिका उपाध्यक्ष लाेकेन्द्र साउद, रामाराेशन गाउपालिका उपाध्यक्ष सरस्वती रावल, पूर्व जिविस सभापति कृष्णप्रसाद भट्टराई लगायत नेकपा र नेपाली कांग्रेसका प्रमुख पतिनिधि, कर्मचारी र सराेकारवालाहरुकाे सहभागीता रहेकाे थियाे । अनाैपचारिक रुपमा भएको अन्तरक्रिया कार्यक्रमकाे सहजिकरण रामाराेशन गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले गर्नुभएको पत्रकार महासंघ अछामका सचिव हाेम साउदले जानकारी दिनुभयाे ।

प्रतिक्रिया