Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

किंवदन्तीजस्ता आरोही

किंवदन्तीजस्ता आरोही

सुरज कुँवर 

सगरमाथा शिखर आरोहणमा आफ्नो जीवनकालमै किंवदन्तीझैं बनेका आरोही आङरिता शेर्पाको सोमबार ७२ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ । बोतलको अक्सिजनबिना १० पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका शेर्पाको बिहान १० बजे कपनस्थित छोरी डोमाको घरमा निधन भएको हो । उनको पार्थिव शरीर बौद्धस्थित शेर्पा गुम्बामा राखिएको छ । आरोही आङरिताका छोरीतर्फका नाति पेम्बाछिरी शेर्पाका अनुसार बौद्ध परम्पराअनुसार बुधबार उनको अन्त्येष्टि गरिनेछ ।

आङरिता २००५ सालमा सोलुखुम्बुको हिलाजुङ (हाल पासाङल्हामु गाउँपालिका– थामे) मा जन्मिएका थिए । झन्डै दुई दशकअघि कलेजोमा संक्रमण देखिएपछि हिम आरोहण त्यागेका उनमा मस्तिष्कसम्बन्धी समस्या थपिएको थियो । ‘पर्वतारोहण क्षेत्रको एउटा तारा गुमेको छ,’ नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले कान्तिपुरसँग भने, ‘आङरिता विश्वभर नेपाल प्रवर्द्धन गर्नेमध्येका एक हुन् । नेपालको पर्वतीय पर्यटन विश्वसामु पुर्‍याउन उनको ठूलो योगदान छ ।’

१५ वर्षे उमेरमा भरिया बनेर पर्वतारोहण जगत्मा प्रवेश गरेका आङरिताले ३४ वर्ष छँदा धौलागिरि हिमालबाट आरोहण क्षेत्रमा पाइला हालेका थिए । ‘हिउँचितुवा’ का नामले विश्वभर कहलिएका उनले नेपालका ८ हजार अग्ला सबै हिमाल बोतलको अक्सिजनबिना आरोहण गरेर कीर्तिमान बनाएका थिए । उनले पाकिस्तानको केटु हिमाल पनि आरोहण गरे । सन् १९८३ देखि १९९६ सम्ममा १० पटक बोतलको अक्सिजनबिना सगरमाथा आरोहण गरेपछि उनको कीर्ति विश्वसामु फैलिएको थियो । आङरिताले वसन्तकालीन र शरदकालीन दुई याममै बोतलको अक्सिजनबिना सगरमाथा आरोहण गरेका थिए । उनको यो कीर्तिमानीलाई कसैले पनि तोड्न सकेको छैन । आङरिताले अन्तिमपटक सन् १९९६ मा सगरमाथा आरोहण गरेका थिए ।

‘हिमाली भेगमा सबैभन्दा बलियो जन्तु हिउँचितुवा कहलिन्छ,’ लामो समय पर्वतारोहण क्षेत्रमा सँगसँगै बिताएका आङछिरिङले भने, ‘उहाँ पनि हिउँचितुवाजस्तै बलियो हुनुहुन्थ्यो ।’ उनका अनुसार पर्वतारोहण क्षेत्रमा लागेका साथीहरूले नै सम्मानपूर्वक उनलाई हिउँचितुवा उपनाम दिएका थिए ।

सर्वाधिक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पाका अनुसार अहिले पनि सगरमाथा आरोहणका क्रममा चुचुरोमा बादल लागे आरोहीहरू आधार शिविर वा त्यसभन्दा तल ओर्लिन्छन् । यो प्रचलन सुरु गर्ने आङरिता नै हुन् । ‘उहाँका पालामा अहिले जस्तो मौसमबारे जानकारी पाइँदैनथ्यो,’ कामीरिताले भने, ‘आङरिताले सगरमाथाको चुचुरोमा बादल लागे मौसम बिग्रिन्छ, तल ओर्लिनुपर्छ भन्ने गरेको (अनुमान) अहिले पनि मिल्छ ।’

तीन छोरा र एक छोरीका बुबा आङरिताकी पत्नी कान्छी शेर्पाको ७ वर्षअघि र जेठा छोरा कर्साङको सगरमाथा आरोहण क्रममा ८ वर्षअघि निधन भएको थियो । उनका माइला छोरा छेवाङ खुम्बु अमेरिकामा छन् भने कान्छा फुरानुरु गाउँमै छन् । आङरिता भने लामो समयदेखि छोरीको घरमा बस्दै आएका थिए ।

प्रतिक्रिया