ताजा अपडेट
अछाममा हालसम्म ५ हजार भन्दा बढीको आरडिटी र ६ सय २६ जनाको पिसीआर गरियो
अछाम जिल्लामा हालसम्म ५८०१ जनाको आरडिटी गरिएको छ । जिल्लाको १० ओटै स्थानीय तह,जिल्ला बाहिरबाट अछाम आई क्यारेन्टाईनमा रहेका ५८०१ जनाको आरडिटी परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले रेडियो साफेबगरलाई जानकारी दिनुभएको छ ।उहाँका अनुसार चा सय ४४ जनामा आरडिडी पोजेटीभ देखिएको छ । भने ५ हजार ३ सय ३७ जनालाई नेगेटिभ देखिएको छ ।
अछाम जिल्लामा हालसम्म पिसीआर परीक्षण गर्न १३ सय ६६ जनामा स्वाव संकलन गरिएकोमा ६२६ जनाको नेगेटिभ आएको छ भने १७ जनामा कोरोना पोजेटीभ देखिएको छ । स्वाव संकलन गरि पठाईएकोमा हालसम्म ७ सय २१ जनाको पिसीआर रिपोर्ट आउन बाँकी रहेको सूचना अधिकारी जोशीले जानकारी दिनु भयो ।
अछाम जिल्ला भीत्रै हालसम्म १९ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका जिल्लाको चौरपाटि गाउपालीकाका पुरुष र मंगलसेनका एम्बुलेन्स चालक कोरोना जितेर फर्किसकेका छन् ।हाल जिल्ला अस्पताल अछामको आईसोलेसन वार्डमा १७ जना उपचाररथ रहेका उनीहरु सबैको अबस्था सामान्य रहेको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनु भयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया