Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्न खोज्ने दुई जना सशस्त्रको नियन्त्रणमा

लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्न खोज्ने दुई जना सशस्त्रको नियन्त्रणमा

कञ्चनपुर ।

लुकिछिपि भारतबाट नेपाल छिर्न खोज्ने दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले गएराति कञ्चनपुरको पुर्नवास नगरपालिका–११ डोकेबजारबाट  नेपाल प्रवेश गर्न खोज्ने वर्ष २९ का मोहम्मद साहिदलाई नियन्त्रणमा लिएको छ।

भारतको लखनउ बस्ने साहिदलाई नेपाल प्रवेश गर्दै गरेको अबस्थमा नियन्त्रणमा लिई प्रहरी चौकी पचकडीयामा राखिएको छ। साहिदलाई लिन सीमा क्षेत्रमा ग १ च ९१६१ नम्बरको कारसहित लिन गएका कैलाली उप महानगरपालिका ३ बोराडाँडी बस्ने नेपाल अटो मोबाइलका सञ्चालक वर्ष ३२ का मुनु अन्सारीलाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरिक्षक वीरेन्द्र ऐरले बताए।

उनका अनुसार साहिदलाई भारतीय एसएसवीको चेकपोष्ट गौरीफण्टामा बुझाउने प्रक्रिया भैरहेको र नेपाल तर्फ बाट लिन गएका व्यक्तिलाई आवश्यक कारवाहीका लागि प्रहरी चौकी पचकडीमा राखिएको छ। सशस्त्र प्रहरीको टाउके बजारमा रहेको बिओपीमा कार्यरत सशस्त्र प्रहरी र प्रहरी चौकी पचकडीयाको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको बताइएको छ। 

प्रतिक्रिया