Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्न खोज्ने दुई जना सशस्त्रको नियन्त्रणमा

लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्न खोज्ने दुई जना सशस्त्रको नियन्त्रणमा

कञ्चनपुर ।

लुकिछिपि भारतबाट नेपाल छिर्न खोज्ने दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले गएराति कञ्चनपुरको पुर्नवास नगरपालिका–११ डोकेबजारबाट  नेपाल प्रवेश गर्न खोज्ने वर्ष २९ का मोहम्मद साहिदलाई नियन्त्रणमा लिएको छ।

भारतको लखनउ बस्ने साहिदलाई नेपाल प्रवेश गर्दै गरेको अबस्थमा नियन्त्रणमा लिई प्रहरी चौकी पचकडीयामा राखिएको छ। साहिदलाई लिन सीमा क्षेत्रमा ग १ च ९१६१ नम्बरको कारसहित लिन गएका कैलाली उप महानगरपालिका ३ बोराडाँडी बस्ने नेपाल अटो मोबाइलका सञ्चालक वर्ष ३२ का मुनु अन्सारीलाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरिक्षक वीरेन्द्र ऐरले बताए।

उनका अनुसार साहिदलाई भारतीय एसएसवीको चेकपोष्ट गौरीफण्टामा बुझाउने प्रक्रिया भैरहेको र नेपाल तर्फ बाट लिन गएका व्यक्तिलाई आवश्यक कारवाहीका लागि प्रहरी चौकी पचकडीमा राखिएको छ। सशस्त्र प्रहरीको टाउके बजारमा रहेको बिओपीमा कार्यरत सशस्त्र प्रहरी र प्रहरी चौकी पचकडीयाको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको बताइएको छ। 

प्रतिक्रिया