ताजा अपडेट
त्रिनगर–गौरीफन्टा नाका भएर चार दिनमा ४ हजार बढि नेपाली भारत पसे
धनगढी– त्रिनगर–गौरीफन्टा नाका भएर चार दिनको अवधिमा चार हजार एक सय बढि नेपाली भारत पसेका छन्। सीमा क्षेत्रमा तथ्याङक राख्दै आएको सशस्त्र प्रहरी बलले पछिल्लो चार दिनमा चार हजार एक सय ७३ जना नेपाली भारत पसेको जनाएको छ।
असोज २ गते नौँ सय ६४ जना, ३ गते र्नाैँ सय ४६ जना, ४ गते एक हजार ३६ जना र ५ गते एक हजार दुई सय २७ जना नेपाली भारत पसेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट डोकेबजारले जनाएको छ। चार दिनको अवधीमा ४६ जना भारतीय नागरि मात्रै भारत पसेका छन्।
यस्तै भदौ २९ गते ५ सय ९७ जना, भदौ ३० गते ६ सय १७, भदौ ३१ गते ५ सय २६ र असोज १ गते ५ सय ८१ जना भारत पसेका छन्। भारतबाट नेपाल फर्किनेको संख्या भने भारत जानेको भन्दा तीन गुणा कम छ।
बेरोजगार बस्दा छाक टार्नसमेत गाह्रो भएपछि महामारीबीच पनि भारत फर्कनुपर्ने बाध्यता आएको अधिकासं सुदूरपश्चिमवासीको भनाइ छ। गाउँमा केही काम नपाएर जन्मथलो छाडेर जान लागेको उनीहरु बताउँछन्।
भारतीय एसएसबीले अहिले परिचयपत्र खुल्ने कार्डका आधारमा नेपालीहरूलाई सिमानाकाबाट प्रवेश दिइरहेको छ। कतिपय भने बिरामी भनेर वडाका जनप्रतिनिधिको सिफारिस बनाएर समेत भारत जाने गरेको छन्।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया