ताजा अपडेट
त्रिनगर–गौरीफन्टा नाका भएर चार दिनमा ४ हजार बढि नेपाली भारत पसे
धनगढी– त्रिनगर–गौरीफन्टा नाका भएर चार दिनको अवधिमा चार हजार एक सय बढि नेपाली भारत पसेका छन्। सीमा क्षेत्रमा तथ्याङक राख्दै आएको सशस्त्र प्रहरी बलले पछिल्लो चार दिनमा चार हजार एक सय ७३ जना नेपाली भारत पसेको जनाएको छ।
असोज २ गते नौँ सय ६४ जना, ३ गते र्नाैँ सय ४६ जना, ४ गते एक हजार ३६ जना र ५ गते एक हजार दुई सय २७ जना नेपाली भारत पसेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट डोकेबजारले जनाएको छ। चार दिनको अवधीमा ४६ जना भारतीय नागरि मात्रै भारत पसेका छन्।
यस्तै भदौ २९ गते ५ सय ९७ जना, भदौ ३० गते ६ सय १७, भदौ ३१ गते ५ सय २६ र असोज १ गते ५ सय ८१ जना भारत पसेका छन्। भारतबाट नेपाल फर्किनेको संख्या भने भारत जानेको भन्दा तीन गुणा कम छ।
बेरोजगार बस्दा छाक टार्नसमेत गाह्रो भएपछि महामारीबीच पनि भारत फर्कनुपर्ने बाध्यता आएको अधिकासं सुदूरपश्चिमवासीको भनाइ छ। गाउँमा केही काम नपाएर जन्मथलो छाडेर जान लागेको उनीहरु बताउँछन्।
भारतीय एसएसबीले अहिले परिचयपत्र खुल्ने कार्डका आधारमा नेपालीहरूलाई सिमानाकाबाट प्रवेश दिइरहेको छ। कतिपय भने बिरामी भनेर वडाका जनप्रतिनिधिको सिफारिस बनाएर समेत भारत जाने गरेको छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया