Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

टिचिङमा जाने तयारीमा रहेका केसीलाई ‘अपहरण शैली’मा ट्रमा सेन्टर लगियो

टिचिङमा जाने तयारीमा रहेका केसीलाई ‘अपहरण शैली’मा  ट्रमा सेन्टर लगियो

चिकित्सा क्षेत्र सुधारको माग गर्दै जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई  ट्रमा सेन्टरमा पुर्याइएको छ। 

सोमबार नेपालगञ्ज आइपुगेका डा. केसीलाई बुद्ध एयरको नियमित उडानबाट मंगलबार काठमाडौँ ल्याइएको हो। आफूले काम गरेर अवकाश पाएको त्रिवि शिक्षण अस्पताल टिचिङमा बसेर सत्याग्रह गर्ने तयारी गरिरहेका केसीलाई प्रहरीले ट्रमा सेन्टरमा लगेको हो। 

डा. केसीको चाहना विपरित सुरक्षाकर्मीले ट्रमा सेन्टरमा लगेको उनका सहयोगी प्रीतम सुवेदीले जानकारी दिए। ‘डा. केसीलाई अपहरण शैलीमा सुरक्षाकर्मीले विमानस्थलबाट ट्रमा सेन्टरमा लगेका छन्’, सुवेदीले भने।

जुम्लाको एक मन्दिरमा अनशन बसेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई काठमाडौँ ल्याइएको हो। नेपालगञ्जमा उपचार गर्न नमानेका केसीले काठमाडौं आएर पनि अनशनलाई निरन्तरता दिएका छन्। डा. केसी महाराजगन्जस्थित शिक्षण अस्पतालमा अनशन जारी राख्ने तयारीमा थिए। ९ दिनदेखि अनशनरत डा. केसीले आफ्ना माग पूरा नहुन्जेल अनसन नतोड्ने अडान राख्दै आएका छन्।   

प्रतिक्रिया

ट्रेन्डिङ