ताजा अपडेट
चर्को व्याज असुलेको भन्दै माइक्रो फाईनाइन्सका कर्मचारी विप्लव समूहको नियन्त्रणमा
अछाम :
अछाममा एनआरएन माइक्रोफाईनाइन्सका एक जना कर्मचारीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बुधबार नियन्त्रणमा लिएको छ। कमलबजार नगरपालिकामा कोरोना भाइरसका कारण आमजनताको जीवन गुजारा गर्न समेत गाह्रो भइरहेको बेला चर्को व्याज असुल्न थालेको भन्दै माइक्रोफाईनाइन्सका कर्मचारी दिपक शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ।
पार्टीले पटक-पटक विज्ञप्ती र फोन मार्फत कोरोनाको बेला चर्को व्याज नअसुल्न अनुरोध गर्दा पनि अटेर गरेका कारण एनआरएन वित्तिय संस्थाको कर्मचारीलाई नियन्त्रणमा लिएको नेकपा अछाम (विप्लव)ले जनाएको छ। गत महिना एनआरएन वित्तीय संस्थालाई मंगलसेन नगरपालिकामा पार्टीले कारवाही समेत गरेको नेकपा अछाम (विप्लव)ले जनाएको छ।
असोज ५ गते डिप्रोक्स वितिय संस्थाका कर्मचारीले सकंलन गरेको २ लाख ५० हजार रकम समेत स्थानीयहरुलाई फिर्ता गरेको विज्ञप्तीमार्फत जानकारी दिएको छ। डिप्रोक्स वितिय संस्थाका कर्मचारी जनक अधिकारीले संकलन गरेको रकम जोबाट संकलन गरेको उनीहरुलाई नै बाडिएको बताएको छ। अबदेखि व्याज नअसुल्न भन्दै अधिकारीलाई सम्झाई बुझाई छोडिएको नेकपा अछाम(विप्लव)ले जनाएको छ।
जनहित विपरित गतिविधि सञ्चालन गरेका र नेपाल सरकारको मौद्रिक नीति उल्लंघन गर्ने सवै वितिय संस्थालाई कार्वाहि गरिने पार्टीको निति रहेको नेकपा अछाम (विप्लव)का जिल्ला सचिव आखिरले बताए। नियन्त्रणमा लिएका कर्मचारीको अवस्था अज्ञात राखिएको उनले बताए। अन्नपुर्ण पोष्ट

सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया