ताजा अपडेट
रामारोशनमा बगाएका ९ झोलुङ्गे पुलहरुको पूनः निर्माणका लागीे सर्भे गरियो
कैलाश खोलामा आएको बाढीेले बगाएका झोलुङ्गे पुलहरुको पूनः निर्माणका लागी एक टोलिले सर्भे गरेको छ ।
सेबक–नेपाल र टिबिएसय हेल्भेटासको प्राविधिक टोलीद्धारा गत भदौ २ गते राति आएको बाढि पहिरोले बगाएका रामारोशन क्षेत्रका ९ झोलुङ्गे पुलहरुको सर्भे गरिएको हो ।

रामारोशन गाउपालिका क्षेत्रभित्र पर्ने ५ पुर्ण रुपमा बगेका तथा ४ आशिँक रुपमा क्षति पुगेका ९झोलुङ्गे पुलहरुको सर्भे गरिएको टोलिले जनाएको छ । टोलिले भदौ २२ गतेदेखि ३० गतेसम्म झोलुङ्गे पुलहरुको प्राविधिक स्थलगत अध्ययन र सर्भे गरि डिपिआर तयार पार्ने काम सुरु गरिसकेको सेबक–नेपालका अध्यक्ष रेमन्त नाथले बताउनु भयो ।

गाउपालिकाले भोग्नु परेको क्षतिको पुलको विवरण सहित सर्भे गरेकोमा रामारोशन गाउपालिकाका अध्यक्ष झँकर बहादुर साउदले धन्यवाद ब्यक्त गर्नु भयो ।

झोलुङ्गे पुलहरु जति सक्दो छिटो निर्माण गरि जनताहरुको पहुँचमा दैनिकी सहज र सरल हुने भएकाले यसलाई तिव्रताका साथ अघि बढाईएको अध्यक्ष साउदले बताउनु भयो ।निर्माण कार्यलाई जतिसक्दा चाँडो सम्पन्न गर्न सेबक–नेपाल प्राविधिक टोलिलाई सम्पुर्ण आवश्यक सहयोग गर्ने समेत अध्यक्ष साउदले प्रतिबद्धता जनाउनु भयो ।

सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया