Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

डा. केसीका जायज माग पूरा गरी जीवन जोगाउन प्रधानमन्त्रीसँग कांग्रेसको आग्रह

डा. केसीका जायज माग पूरा गरी जीवन जोगाउन प्रधानमन्त्रीसँग कांग्रेसको आग्रह

स्वास्थ्य क्षेत्रमा सुधार हुनुपर्ने मागसहित अनशनमा रहेका सत्याग्रही डा. गोविन्द केसीसँग वार्ता गरी उनको जीवन जोगाउन प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ । कांग्रेसले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई डा. केसीसँग तत्काल वार्ता गर्न आग्रह गरेको हो । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'डा. केसीको स्वास्थ्यमा बढ्दो प्रतिकुलता दृष्टिगत गरेर तत्काल वार्ता समिति गठन गरी इमानदार वार्ता र सार्थक कार्यान्वयनमा तदारुकता प्रस्तुत गर्न नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री एवं उहाँको नेतृत्वको सरकारलाई अपिल र आग्रह गर्दछ ।'

प्रधानमन्त्रीको अग्रसरता २०७५ साउन १० गते डा. गोविन्द केसीसँग नेपाल सरकारले गरेको सहमति स्वयं प्रधानमन्त्रीकै अगुवाइमा माघ महिनामा उल्लंघन नगरिएको भए आजको परिस्थिति आउने थिएन भनेर पनि कांग्रेसले स्मरण गराएको छ ।

सरकारले डा. केसीले जुम्लामा अनशन थालेदेखि शिक्षण अस्पताल पुगेसम्म राज्यका निकायबाट भएका गतिविधिले केसीको अपमान गर्नुका साथै सरकारको अविवेकी र अनुदार चरित्र उजागर गरेको कांग्रेसको ठहर छ ।

डा. केसीले भदौ २९ गते १९ औं अनशन जुम्लाबाट सुरु गरेका थिए । मंगलबार बाठमाडौं आइपुगेका केसीलाई प्रहरीले सुरुमा राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो । केसीलाई जबर्जस्ती ट्रमा सेन्टरमा लगिएको थियो । पछि उनी त्रिवि शिक्षण अस्पतालमा गएर अनशन थालेका थिए ।

प्रतिक्रिया

ट्रेन्डिङ