Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

डा. केसीका जायज माग पूरा गरी जीवन जोगाउन प्रधानमन्त्रीसँग कांग्रेसको आग्रह

डा. केसीका जायज माग पूरा गरी जीवन जोगाउन प्रधानमन्त्रीसँग कांग्रेसको आग्रह

स्वास्थ्य क्षेत्रमा सुधार हुनुपर्ने मागसहित अनशनमा रहेका सत्याग्रही डा. गोविन्द केसीसँग वार्ता गरी उनको जीवन जोगाउन प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ । कांग्रेसले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई डा. केसीसँग तत्काल वार्ता गर्न आग्रह गरेको हो । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'डा. केसीको स्वास्थ्यमा बढ्दो प्रतिकुलता दृष्टिगत गरेर तत्काल वार्ता समिति गठन गरी इमानदार वार्ता र सार्थक कार्यान्वयनमा तदारुकता प्रस्तुत गर्न नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री एवं उहाँको नेतृत्वको सरकारलाई अपिल र आग्रह गर्दछ ।'

प्रधानमन्त्रीको अग्रसरता २०७५ साउन १० गते डा. गोविन्द केसीसँग नेपाल सरकारले गरेको सहमति स्वयं प्रधानमन्त्रीकै अगुवाइमा माघ महिनामा उल्लंघन नगरिएको भए आजको परिस्थिति आउने थिएन भनेर पनि कांग्रेसले स्मरण गराएको छ ।

सरकारले डा. केसीले जुम्लामा अनशन थालेदेखि शिक्षण अस्पताल पुगेसम्म राज्यका निकायबाट भएका गतिविधिले केसीको अपमान गर्नुका साथै सरकारको अविवेकी र अनुदार चरित्र उजागर गरेको कांग्रेसको ठहर छ ।

डा. केसीले भदौ २९ गते १९ औं अनशन जुम्लाबाट सुरु गरेका थिए । मंगलबार बाठमाडौं आइपुगेका केसीलाई प्रहरीले सुरुमा राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो । केसीलाई जबर्जस्ती ट्रमा सेन्टरमा लगिएको थियो । पछि उनी त्रिवि शिक्षण अस्पतालमा गएर अनशन थालेका थिए ।

प्रतिक्रिया